सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सकस छ छोरी !!

देब्रेतिरका जो थिए दाइना भएर पो आउने हुन् कि ! सकस छ छोरी सकस छ मलाई धेरै सकस छ लुतेले भनेको पनि टेर्नै पर्ने हो कि र्‍यालेलाई पनि हतेर्नै पर्ने । नत्र त अस्ति खाको जति सबै छेर्नै पर्ने हो कि !

Nepal Telecom ad

छोरी,
अरू ता मने ठिकै छ
तर निश्चित रूपमा
पहिलेका साँढेले
थलो फोहोर पारेछ
दुर्गन्धै दुर्गन्ध छ
राल सिँगान झारेछ
सिठुवा मात्र छ
तर जनि सबै मारेछ
के गर्छेस् र छोरी,
अघि नै सुराक पाएर
किलो दाम्लो नै सारेछ ।

ह्याँ आएसि,
सलहलाई चारो छर्नै पर्‍यो
सम्धिनी सम्धीको पेट भर्नै पर्‍यो
भेठाबाख्राले पनि
निश्चित रूपमा चर्नै पर्‍यो
मने, ज्वाइँ आफ्नै हुन्
उनलाई पनि हेर्नै पर्‍यो
बारदलीबाट कराउलान्
भनेको टेर्नै पर्‍यो
मरेर माथि पनि लानु छ
कात्रोमा पनि बेर्नै पर्‍यो
टाई सुटले भएन
दौरा सुरुवाल फेर्नै पर्‍यो
हेर् छोरी
डर लागिरहेको छ
यता भन्दा यता र
उता भन्दा उता
नाकका चालले हेर्नै पर्‍यो ।

हेर् छोरी
हिजो आफैँले पालेका
डाइनाहरू
हाइना भएर पो आउने हुन् कि !
देब्रेतिरका जो थिए
दाइना भएर पो आउने हुन् कि !
सकस छ छोरी सकस छ
मलाई धेरै सकस छ
लुतेले भनेको पनि टेर्नै पर्ने हो कि
र्‍यालेलाई पनि हतेर्नै पर्ने हो कि
तँ छेस् र बँचाउलिस् भन्ने आशामा छु
नत्र त अस्ति खाको जति
सबै छेर्नै पर्ने हो कि !
मने सकस छ छोरी
मलाई निश्चित रूपमा सकस छ ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी