साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकस छ छोरी !!

देब्रेतिरका जो थिए दाइना भएर पो आउने हुन् कि ! सकस छ छोरी सकस छ मलाई धेरै सकस छ लुतेले भनेको पनि टेर्नै पर्ने हो कि र्‍यालेलाई पनि हतेर्नै पर्ने । नत्र त अस्ति खाको जति सबै छेर्नै पर्ने हो कि !

Nepal Telecom ad

छोरी,
अरू ता मने ठिकै छ
तर निश्चित रूपमा
पहिलेका साँढेले
थलो फोहोर पारेछ
दुर्गन्धै दुर्गन्ध छ
राल सिँगान झारेछ
सिठुवा मात्र छ
तर जनि सबै मारेछ
के गर्छेस् र छोरी,
अघि नै सुराक पाएर
किलो दाम्लो नै सारेछ ।

ह्याँ आएसि,
सलहलाई चारो छर्नै पर्‍यो
सम्धिनी सम्धीको पेट भर्नै पर्‍यो
भेठाबाख्राले पनि
निश्चित रूपमा चर्नै पर्‍यो
मने, ज्वाइँ आफ्नै हुन्
उनलाई पनि हेर्नै पर्‍यो
बारदलीबाट कराउलान्
भनेको टेर्नै पर्‍यो
मरेर माथि पनि लानु छ
कात्रोमा पनि बेर्नै पर्‍यो
टाई सुटले भएन
दौरा सुरुवाल फेर्नै पर्‍यो
हेर् छोरी
डर लागिरहेको छ
यता भन्दा यता र
उता भन्दा उता
नाकका चालले हेर्नै पर्‍यो ।

हेर् छोरी
हिजो आफैँले पालेका
डाइनाहरू
हाइना भएर पो आउने हुन् कि !
देब्रेतिरका जो थिए
दाइना भएर पो आउने हुन् कि !
सकस छ छोरी सकस छ
मलाई धेरै सकस छ
लुतेले भनेको पनि टेर्नै पर्ने हो कि
र्‍यालेलाई पनि हतेर्नै पर्ने हो कि
तँ छेस् र बँचाउलिस् भन्ने आशामा छु
नत्र त अस्ति खाको जति
सबै छेर्नै पर्ने हो कि !
मने सकस छ छोरी
मलाई निश्चित रूपमा सकस छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x