सुलसुले‘पातालपुन्ज’ परिचर्चा कार्यक्रम सम्पन्न
संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रमोद प्रधान रहनु भएको थियो ।

साहित्यिक पत्रकार संघले २०७९ माघ ४ गते अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्दै आउनु भएका सामाजिक अभियन्ता कवि बन्धू पोख्रेल (नेत्र)को कृति ‘पातालपुन्ज’ कवितासङ्ग्रहको थाहा पुस्तकालय, काठमाडौंमा परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रमोद प्रधान रहनु भएको थियो ।
‘पातालपुन्ज’ कवितासङ्ग्रहका बारे समालोचकद्वय डा. रमेश शुभेच्छुक र डा. शान्तिमाया गिरीले आआफ्नो मतव्य राख्नु भएको थियो । यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, प्रमुख अतिथि प्रमोद प्रधान, अध्यक्ष राधेश्याम लेकालीलगायतले आआफ्नो मतव्य राख्नु भएको थियो । कार्यक्रम संचालन साहित्यकार मुरारि सिग्देलले गर्नु भएको थियो ।
समसामयिक विषयमा कविता सिर्जना गर्नुहुने कवि बन्धु पोख्रेल (नेत्र)का कविताहरुमा युगीन चेतना, मानवीय सन्देश, डायस्पोरिक अभिव्यक्ति, व्यङ्ग्य, प्रकृति, श्रृङ्गार जस्ता विशेषता रहेको कार्यक्रमका वक्ताहरूले बताउनु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू किशोर विश्वकर्मा (अस्टिन, अमेरिका), डा.मनोजकुमार थापा, डा. ध्रुव भट्टराई, नीरु श्रेष्ठ, निर्मलरमण पराजुली, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, नविना सिटौला, जस्मिन पाण्डे, ईश्वरी पौडेललगायत लेखकका परिवारजनको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































