माणिकरत्न शाक्यझ्याइँकुटीका तीन झड्का
एकदिन शिक्षित तर अज्ञानी बाउको बिरूद्वमा उनैका बालबच्चाले घरमै नारा जुलुस गरे । बिषय यस्तो थियो- बाउले धेरै सन्तान किन पाए !

१. खजाञ्जीको ठट्टा
हर्कबहादुर मकहाँ सुन राख्न आए । सुन राख्दै गर्दा हर्कबहादुरले भने- हेर्दै खाइलाग्दो, मोटोघाटो, यामानको भुँडी भएको खजाञ्ची पो खजाञ्ची, तपाईं त कस्तो सुकेनास लागेको खजाञ्ची हो ! खजाञ्चीले हर्कबहादुरलाई एकछिन है भन्दै भित्र कोठामा जान्छ र जीउभरि रूमाल कोचेर या मानको भुँडी बनाएर निस्कन्छ । खजाञ्चीको रूपरङ्ग देखेर हर्कबहादुर छक्क पर्छ र भन्छ- के गर्नु भा तपाईले ? खजाञ्चीले भन्छ- तपाईले खोजे जस्तो बनेको नि ! यत्तिको भए पुग्छ ? हर्कबहादुरले दिल खोलेर हाँस्दै भन्छ- तपाईं त नाटक गर्न सिपालु कलाकार पनि हो कि क्या हो !
२. घरमै जुलुस
परिबार नियोजनका साधनहरू छ्यापछ्याप्ती पाइने बेलामा पनि राजधानीका एक शिक्षित व्यक्तिले चारजना बच्चाबच्ची जन्माए । राम्रो लाउन र मीठो खान सधै धौ धौ छ, बालबच्चाले पनि भने जस्तो गरि पढ्न पाको छैन, श्रीमती रोगी बनेकी छे, घर ढल्ने आज हो कि भोलि हो जस्तो भैरहेको छ, आर्थिक अवस्था कमजोर भएको हालतमा छ । आफ्नो घर व्यवहार चलाउन पनि आफन्तको भर पर्नुपर्ने अवस्था छ । जसको घरको कथा यस्तो छ । एकदिन शिक्षित तर अज्ञानी बाउको बिरूद्वमा उनैका बालबच्चाले घरमै नारा जुलुस गरे । बिषय यस्तो थियो- बाउले धेरै सन्तान किन पाए !
३. गुरूमन्त्र
घरबेटी साहुबाको ढुकुटीभित्र रहेको फिरिजमा वियर, कोक लगायतका सामानहरूले भरिभराउ हुन्थे । झिकेर ल्याउँथे, स्वाहा बनाइदिन्थे । सपनामा दिएको गुरूमन्त्रले विपनामा काम गर्छ कि भनेर एकदिन बेलुका त्यसैगरी भित्र पसेर फिरिज खोलेको मात्रै के थिएँ घरबेटीले रङ्गेहात पक्रेर भने- किन फिरिज खोलेको सर ? मैले भने- कोठामा पानी सकिएछ, प्यास लागेर अप्ठ्यारो भयो, यहाँ छ कि भनेर खोलेको ! घरबेटीले छ छ लानुस् भन्यो । मैले पानी लिएर आएँ, खाएँ । वास्तविकता वियरको चुस्की लिन गएको थिएँ, पानीमा डुबेर मरेँ ।
०००
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest






































