साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्याय विनाको न्याय

हामी अन्याय नै गर्दैनौ भने न्याय खोजेर कहाँ पाइन्छ त ? नपत्याए नून खान पल्केर पनि कागको पछि लाग्नेहरूलाई सोध्नोस् त ? गणतन्त्र होइन गनतन्त्र भित्रिएको मुलुकको आधुनिक न्याय यही हो ।

Nepal Telecom ad

यो नेपाल हो यहाँको कानून दैवले जानुन भन्ने उखान बूढापाकाले त्यसै चल्तीमा ल्याएका हैनन । हिजो न्याय नपाए गोरखा जानु भन्थे अहिले अन्याय सहनु परे गोरखा जानु भन्ने उखान चलन चल्तीमा आएको छ । हुन त उखानको बखान गरेर साध्य र अन्यायको निसाफ गरेर कहिल्यै नसकिने यो देसमा अन्याय बिना नै न्याय खोज्ने परम्पराले संस्कारको तिरस्कार गरिरहेको छ । अन्याय गर्ने यो मुलुकमा कोही छैनन् त्यसैले कोही पनि कार्यवाहीमा पर्दैनन् । कानुन कार्यान्वयन गर्ने गराउने निकाय यो कुरामा सजग छ, सक्षम छ, सबल छ, प्रतिबद्ध छ भन्ने कुरा सुरक्षा निकायको किंकर्तव्य मुढताबाट स्पष्ट भएको छ ।

मेचीदेखि महाकालीसम्मको घटना केवल समाचार हुन सदाचार होइनन । न्यायिक घटना हुन अन्यायिक होइनन । बनावटी हुन कार्यवटी होइनन, देखावटी हुन घटनावटी होइनन भन्ने कुराको पुष्टी पनि व्यवहार र कार्यशैली हेर्दा हामी आफै झेली र फेली जस्ता हुन्छौ । यस्ता कुराको नालीबेली र लहराका कुरा हामी छुरा भएर निस्किएको हो भन्ने कुराको बुझाइमा रहेकाहरूले बुझ्नु पर्ने कुरोको चुरो कहाँ लुकेको छ त्यो कुरा हामी अन्याय नगरिकन नै न्याय खोज्नेहरूले बुझ्दैनौ । भनौ हामीले बुझ्ने र बुझाउने कुरा यो देसमा हामी शेष भए पनि हुँदैन भन्दा कुनै बिगार ठहरिदैन ।

समय सपनामा दौडिरहेको छ । समयले हामीलाई हजारौ सपना देखाएर निरासावादी बन्न सिकाएको छ । हामी आशावादीहरू कहिले सपनावादी बन्छौ त कहिले निरासावादी अनि कहिले अन्यायवादी बनेर न्यायको भिख माग्छौ । आज महाकाली रोइरहेको छ, मेची चिच्याइरहेको छ, हिमाल पहाड बगिरहेको छ, तराई कराइरहेको छ । कसले सुन्ने र आसावादी कुरा गरिदिने । कुरा गर्‍यो कुरैको दुःख, न्याय उडाउन पाए सबैलाई सुख भन्ने उखानले जरो गाडेको यो मुलुकमा अन्यायको महल ठडिइरहेको छ । कतै सपनामा न्याय देखियो भने पनि अब तर्सेर हाम्रो सातो जाला भन्ने डरले त्राही त्राही बन्नु परेको यो अवस्थामा हराएको मानवता फर्केकोझैँ भान हुनेछ । कालो स्वरुपको र प्रकृतिको मानवलाई कालो भन्नु सरासर झूठ र अन्याय हुने कुरा पनि न्याय माग्नेहरूले बुझ्नु पर्छ ।

द्रुत गतिमा भैरहेको न्यायको कोल्टो परिभाषा सबैले बुझ्न गाह्रो हुन्छ । सजिलै बुझ्ने परिभाषा त दिनै साह्रो हुन्छ । न्यायको परिभाषा दमन धरपकड, हवाइ फायर गोली हो । अनुशासन र इमान्दारितामा विश्वास गर्नेले अब यो मुलुकमा न्यायको परिभाषा पृथ्वीमा बिलिन भए पछि पनि पाइन्न भन्ने कुराको झल्को पाइसकिएको छ । कार्य प्रकृयाबाट वा न्यायको नीतिगत कुरा वा त्यसको सिद्धान्तबाट पनि न्याय खरिद गर्न हामी सक्दैनौ भन्ने कुराको घाम उदाइसकेको छ ।

हाम्रो समाज सामाजिक न्याय खोज्छ तर न्यायको डिएनए परीक्षण गराउन सक्दैन । त्यही त समाजको गल्ती हो । समाज नै गल्ती गरेर आफू अन्यायमा परेको उजुरी गर्छ, सडकमा जुलुस निकाल्छ, यातायात अबरुद्ध गर्छ, स्कुल कलेज बन्द गर्छ अनि आफै अन्यायमा परेको नाटक गर्छ र गुहार्छ सरकारलाई न्यायका लागि भिख माग्छ । भनौ सरकार जनतासँग न्यायको भिख माग्छ र न्याय सँगसँगै अन्यायीहरूतिरै भाग्छ । कालोलाई गोरो बनाउँछ र गोरोलाई कालो बनाउने अत्याधुनिक न्यायिक प्रबिधि पनि भित्र्याएको छ । गणतन्त्र होइन गनतन्त्र भित्रिएको मुलुकको आधुनिक न्याय यही हो ।

कानूनको कान कागले लगेको छ । नू नूर गिरेको मान्छे जस्तो छ । न नभएको कुरा गर्छ अनि कसरी यो देसमा कानूनी राज्य निर्माणमा कानूनका पुस्तकले सहयोग गर्छन त । भनौ यहाँको कानून पुस्तकमा निहीत छ । न्याय दिनु पर्ने पीडित मानवलाई हो तर कानूनले उसैको कान निमोठेको छ । हाम्रो कान निमोठ्ने कानून हामीलाई नै काम लागेको छ । न्याय र कानूनको सम्बन्ध बिच्छेद भएको छ । नङ् र मासुको सम्बन्ध हुनु पर्ने हा वा हाड र छालाको जस्तो सम्बन्ध हुनु पर्नेमा मुख र खुट्टाको जस्तो वा भनौ टुपी र पैतालाको जस्तो सम्बन्ध छ । यस्तो अवस्थामा हामी अन्यायीहरूले सोचे जस्तो, खोजे जस्तो, आफूले भने जस्तो न्याय कसरी पाउन सक्छौ त ? हामी अन्याय नै गर्दैनौ भने न्याय खोजेर कहाँ पाइन्छ त ? नपत्याए नून खान पल्केर पनि कागको पछि लाग्नेहरूलाई सोध्नोस् त ? अन्याय बिना न्याय पाइन्न भन्ने जवाफ पाउनु हुने छ सहज र सरल तरिकाले ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x