
त्राहिमाम
सबैले मिली जोडले कराए “महादेवको उच्च विचार” पुनः कराए “त्राहिमाम ! हरहर महादेव ।”

एक दिन भुत, प्रेत र पिशाच
नन्दी भृङ्गी योगिनी, सम्पूर्ण प्रथम गण मिली
भगवान शिवजीलाई सोधे
“महादेव, हजुरको प्रिय शब्द के हो ?”
महादेवले मुस्कुराएर भने
“त्राहिमाम !”
सबैले पुनः प्रश्न गरे
किन महादेव ?
महादेवले हाँसेर उत्तर दिए
“डर आवश्यक छ
कहिल्यै भक्ति नगर्ने पनि
डरले भगवानको शरण पर्छ ।”
सबैले मिली जोडले कराए
“महादेवको उच्च विचार”
पुनः कराए
“त्राहिमाम ! हरहर महादेव ।”
०००