साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेता अपराधीहरू

सावधान ! श्वेतग्रिवीहरूले मुलुक ढाकेका छन् उनका विरुद्धमा कतै बीउसम्म पाए मुलुक बचाउन ब्याड राख्ने बेला भएको छ ।

Nepal Telecom ad

उनीहरू रङ्ग बदली रहेछन्
हर पल, हर क्षण
अर्कै रङ्गमा आफूलाई फेरिरहेछन्
कालो रङ्बाट
सेतो बन्ने रहरमा
कालो मन, कालो नियत, कालो कर्तुत भएका मान्छेहरू
कालो अपराधलाई छोप्न
सेतो पहिरनमा आफूलाई सजाइ रहेछन् ।
उनीहरू तल छन्, माथि छन्
झन् माथि पनि छन्
वर छन्, पर छन्
नीति निर्माणमा छन्
व्यवस्थापनमा छन्
कार्यान्वयनमा छन्
न्यायमा छन्
आफ्नो फैसला आफै लेख्ने
आफ्नो दण्ड आफै तोक्ने
हैसियतमा छन्
उनीहरू रङ् बदली रहेछन्
सेता वस्त्र पहिरी रहेछन् ।
उनीहरू हिमालमा छन्
पहाडमा छन्
तराईमा छन्
नदी नाला र पोखरीमा छन्
बन जङ्गलमा छन्
प्रविधिमा छन्
भन्सारमा छन्
मुलुक भित्रको संसारमा छन्
उनीहरू सबैतिर छन्
श्वेतग्रिवीहरू जत्रतत्र छन् ।
आफ्नो कुकर्मलाई
नीतिमा मिलाउन
विधिमा मिलाउन
आफ्नो निधारमा लागेको
कलङ्कको टीका लुकाउन
उनीहरू
सेतो मलमलको कपडाले
आफूलाई छोपी रहेछन् ।
यस्ता अपराधीसँग
रवाफ हुन्छ
जबाफ हुन्छ
कबाफ हुन्छ
प्रभाव हुन्छ
अटाइ नअटाइ खल्ती भरि-भरि
धाक र दबाब हुन्छ
नभएको त फगत नैतिकता र इमान हो
घात- प्रतिघात
र अरूलाई दिने सन्ताप त मुरी- मुरी हुन्छ ।
सावधान !
श्वेतग्रिवीहरूले
मुलुक ढाकेका छन्
उनका विरुद्धमा
कतै बीउसम्म पाए
मुलुक बचाउन
ब्याड राख्ने बेला भएको छ ।

०००
२०७९ माघ
चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x