सुलसुले‘इलामे जेठो’काे सातौँ कृति ‘श्रद्धाञ्जली’ विमोचन
यसमा समीक्षात्मक भूमिका, विष्णुदेवीप्रति गद्य र पद्य दुवै शैलीमा कवितात्मक सद्भाव र स्मृति आदिसमेत गरी जम्मा २७ जना शुभचिन्तकहरूको लेखनी रहेको छ ।

इलाम, ७ माघ, २०७९ । इलाम नगरपालिकाको अरनिको सङ्ग्रहलाय भवनमा सम्पन्न एक भव्य कार्यक्रमका बिच इलामे माटोमा जन्मिएर गजल र कविता (मुक्तक) विधाका क्षेत्रका अनवरत साधक शिव अधिकारी ‘इलामे जेठो’को सातौँ कृति मुक्तकसङ्ग्रह ‘श्रद्धाञ्जली’ शोककाव्य सार्वजनिक गरियो ।
आफ्ना पत्नी विष्णुदेवी अधिकारी बाँस्तोलाको वियोगमा अभिव्यक्त भएको सो शोकभाव चतुष्पदी श्लोकको संरचना, मुक्त लय र झ्याउरे लयको शैलीमा छताछुल्ल पारिएको छ । यसमा समीक्षात्मक भूमिका, विष्णुदेवीप्रति गद्य र पद्य दुवै शैलीमा कवितात्मक सद्भाव र स्मृति आदिसमेत गरी जम्मा २७ जना शुभचिन्तकहरूको लेखनी रहेको छ । एकशय बयासी थान मुक्तक, परिशिष्ट (पारिवारिक फोटो) र स्रष्टाका कृति, सम्मान तथा संलग्नता पनि रहेको छ ।
कवि एवम् समीक्षक कुलप्रसाद ढकालद्वारा कृतिको कथ्य समीक्षा प्रस्तुत गरिएको हो भने यसैलाई निरन्तरता दिने क्रममा कवयित्री टीका घिमिरे, नदी भट्टराई, स्रष्टा प्रकाश थाम्सुहाङ, प्राज्ञ कोमल निरौलालगायत दर्जनौ स्रष्टाहरूले स्रष्टा शिव अधिकारी र कृतिको सन्दर्भमा बोलेका थिए ।
बुद्धि घिमिरे स्मृति प्रतिष्ठानको आयोजना र कवि इन्द्रनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि तुलाराम पुरीद्वारा आमन्त्रित अतिथिहरूलाई स्वागत मन्तव्य, स्वयम् स्रष्टा शिव अधिकारीद्वारा कार्यक्रमको ओचित्यमाथि प्रकाश पारिएको थियो भने छन्दोबद्ध कविताका अभियन्ता एवम् छन्दसाधक जीवनहरि शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।
०००
– नदी भट्टराई, इलाम
Subscribe
Login
0 Comments
Oldest











































