साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी कविता

साना झन् बिक्न विज्ञापनसहित कुनै ताक पर्खेर ढुक्छन् पक्का प्याधा बनाऊन् अमुक दल कि वा देशले नै धुपौरे पारोस् भन्छन् र कुर्छन् यति सरल कुरा बुझ्छ खोलाघरेले ।

Nepal Telecom ad

पार्टीको यान यस्तै तरहसित चले गुड्न के पाउला र ?
होलान् हाँक्ने निकै वा नर जब यसले बढ्न के पाउला र ?
स्पष्टै बिग्रिन्छ गाडी जतन रति नभै झन् थपिन्छन् समस्या
घाटा लागेर उल्टै जनमनभरिमा बढ्छ पीडा र कुण्ठा ।
२०१

जे जस्ता देखिए यी गतिविधि अहिले शीर्ष पार्टीहरूमा
हेर्दै स्वार्थान्धताले शिखर छुन पुग्यो मेचका मामिलामा
आशा, विश्वास, निष्ठा जनमनभरिको लाग्छ गर्ल्याम्म ढल्दा
रैतीमा ईख मात्रै दिनदिन चुलियो हीनचर्या नियाल्दा ।
२०२

ठूला नेता भनेका हठसित झगडा द्वन्द्वमा रम्न थाले
कुर्सीका लागि मात्रै नखशिख बलले, यत्नले जम्न थाले
ढाँटेछन् ढाँट्नुसम्मन् रतिभर पछिको मार्ग हेर्दै नहेरी
के भन्दै भोट माग्ने पछि सकस ठुलो पर्छ भन्ने नटेरी ।
२०३

खै केही देखिएनन् शुभशकुन कुनै यी ठुला पार्टिभित्र
सालिन्ने बढ्छ मात्रै द्रुततर गतिले भ्रष्टताको चरित्र
धेरै छन् वृद्ध साँढे हरबखत नयाँ कोरली मेच ठान्दै
ओगट्छन् व्यर्थ फाल्दै सुनसमय भदौका डिँगा अन्ध बन्दै ।
२०४

ठूला ता ढाँट पक्का अबल हुन पुगे नम्बरी ढाँट नै हुन्
साना झन् बिक्न विज्ञापनसहित कुनै ताक पर्खेर ढुक्छन्
पक्का प्याधा बनाऊन् अमुक दल कि वा देशले नै धुपौरे
पारोस् भन्छन् र कुर्छन् यति सरल कुरा बुझ्छ खोलाघरेले ।

०००
(स्रग्धरावलीबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x