साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चित २० कविता मन्चमा प्रस्तुत

मण्डला थिएटर बानेश्वरमा एपेक नेपालको आयोजनामा “मलाई मनपरेको कविता” शृङ्खला २ मा २० जना अग्रज कविका चर्चित कविताहरू २० जना अनुज कविहरूले मन्चमा प्रस्तुत गरे ।

Nepal Telecom ad

काठमाडौं, २०७९ माघ ८ गते आइतबार मण्डला थिएटर बानेश्वरमा एपेक नेपालको आयोजनामा “मलाई मनपरेको कविता” शृङ्खला २ मा २० जना अग्रज कविका चर्चित कविताहरू २० जना अनुज कविहरूले मन्चमा प्रस्तुत गरे ।

गिटारवादक अनुराग थापा र प्रशन्न हुमागाईंको बाँसुरीवादनमा कविताहरू मन्चमा प्रस्तुत गर्दा कविताहरू अझ चुलिएको थिए । कणर्प्रिय धुन र कविताको फरक स्वरमा सुनिँदा कवि आफै छक्क र दंगदास भएका थिए ।

कार्यक्रम सञ्चालन कवि रुपेश श्रेष्ठले गोलाबाट नाम छानेर बोलाउँथे र अनुज कविले अग्रज कविलाई मन्चमा डोर्‍याई पस्मिनाको सलले स्वागत गरेर बसाएपछि कविता वाचन गरिएको थियो ।

निमेष निखिलले श्यामलको कविता, अनिता न्यौपानेले राजेन्द्र शलभको कविता, रन्जना निरौलाले स्नेह सायमीको कविता, बाबा बस्नेतले मन्जुलको, बाबु त्रिपाठीले वसन्त चौधरीको कविता, विमल वैद्यले बैरागी काँइलाको ‘मातेको मान्छेको भाषण’ कविता, मोमिलाले तुलसी दिवसको ‘जिन्दगी’ कविता, छविरमण सिलवालले नरेन्द्रबहादुर श्रेष्ठको ‘सालिगको साम्राज्य’ कविता, विवश पोखरेलले प्रमोद प्रधानको कविता, छवि अनित्यले अशेष मल्लको कविता, डा. गीता त्रिपाठीले उषा शेरचनको ‘पानीको रंग’ कविता, मणि लोहनीले शैलेन्द्र साकारको कविता, हेमन्त शिशिरले विधान आचार्यको कविता, प्रज्वल अधिकारीले दिनेश अधिकारीको ‘अन्तिम तयारी’ कविता, दीप दर्पणले रमण घिमिरेको कविता, सविता विमलीले सुलोचना मानन्धरको दुई छोटा कविता ‘प्रेम’ र ‘बाटो’, सन्ध्या पहाडीले कृष्ण प्रसाईंको कविता, प्रकाश समीरले विश्वविमोहन श्रेष्ठको ‘म पृथ्वीनारायण शाह’ कविता, रीमा केसीले लक्ष्मी मालीको ‘आमा तिम्रो नाउँ के हो ?’ कविता, गीता कार्कीले विष्णुविभु घिमिरेको कवितालाई मन्चस्थ गरेका थिए ।

प्रेक्षालयमा कविता सुन्न बसेका श्रोताहरू मन्त्रमुग्ध भएका थिए । हल ध्यान शिविर जस्तै भएको थियो कवितामय ।
एपेक नेपालका अध्यक्ष विश्वविमोहनबाट सबै कवि र कविता प्रेमीलाई धन्यवाद दिँदै यो शृङ्खलामा केही कविहरू छुट्नु भएको छ । ती कुरा याद गर्दै आगामी तेस्रो शृङ्खलामा समेट्ने कुरा गरियो ।

साढे दुई घन्टा बढी चलेको उक्त कार्यक्रम अत्यन्तै शान्त र शालीन थियो । आयोजन समूहका संयोजक राजेन्द्र शलभले सबै कविहरूलाई स्वागत गरेर मलाई मनपरेका कविता वाचन थालनी गरिएको थियो ।

बाबू त्रिपाठी र निमेष विमोहन श्रेष्ठ व्यवस्थापनमा कार्यक्रम तीन दिन अभ्यास गरेपछि कविहरूलाई मन्चमा उतारिएको जानकारी गराइयो । मन्च परिकल्पना राजन खतिवडाले गरेका थिए ।

०००
श्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x