साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरामी बिरामी

भयो देशको भेष सिङ्गै बिरामी, खस्यो भीरमा धर्म छङ्गै बिरामी, छ नेता बिरामी लफङ्गो बिरामी, नदी बालुवा टार ढुङ्गो बिरामी ।

Nepal Telecom ad

यहाँ छैन को मात्र साथी बिरामी
कुनै छन् धुलोले लडेका बिरामी
कुनै चाहिं ठूलो हुनाले बिरामी
कुनैका फुलो नेत्रमा भै बिरामी ।।

कुनै छन् सुनामी बनेका बिरामी
कुनै चाहिं धामी बसेका बिरामी
मिठो खानका लागि कोही बिरामी
कुनै चेक माग्ने हरामी बिरामी ।।

भयो देशको भेष सिङ्गै बिरामी
खस्यो भीरमा धर्म छङ्गै बिरामी
छ नेता बिरामी लफङ्गो बिरामी
नदी बालुवा टार ढुङ्गो बिरामी ।।

बनेको छ यो देश आफै बिरामी
मुमा छिन् बिरामी र बाबै बिरामी
भिसा रोकिंदा बन्छ यौटा बिरामी
कुरो टोकिंदा हुन्छ अर्को बिरामी ।।

चढेका सबै फूल बासी बिरामी
पखाल्ने नदी गन्ध बग्ने बिरामी
त्यही फूल बेच्ने पसल्नी बिरामी
चढे फेरि ती फूल भोला बिरामी ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x