साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सित्तैंका ढाडेहरू

सित्तैंमा ढाडे हुने र मफतमा साँढे हुनेहरूलाई लिलाम बढाबढ गरी बिक्रिमा राखे पनि आम नागरिकको पक्ष्मा खर्च गर्ने राजस्व सङ्कलन हुन्थ्यो बरु । यतातिर सबैको ध्यान जावस् !

Nepal Telecom ad

कुखुराको पोथी अग्लो कि मान्छेको पोथी अग्लो भनेर कसैले प्रश्न गरेमा यसको सही उत्तर यही हो भनेरे दिने कोही हुन्छ जस्तो लाग्दैन । दिगो र दरिलो ढाडेको बारेमा यहाँ मैले कुरा उठान गर्न खोजेको प्रसङ्गको स्वरुप अर्कै छ ।

साँचो अर्थमा पहिला जङ्गली हात्ती चितुवादेखि डराउनु पथ्र्यो । आजकल श्रम र सिप जाने पनि मान्छे घरेलु ढाडेदेखि डराउनु पर्ने अवस्था आएको छ । किन डराए त्यो कुरा खोज्नुपर्छ । पहिला मानिसले घरेलु जनावर बाँच्नका निम्ति पासो थाप्न ढाडे पाल्थे । सदाचारी बन्न दुःख, हण्डर, सास्ती खाएर पनि पाल्थे सित्तैंका ढाडेहरू । अहिले हामीहरू साँढे युगबाट ढाडे युगमा पुगेका छौँ । यसबारेमा केहि नभए पनि गम्भीर भए पुग्छ । सरकारको टिभी ढाडे भएको छ, छापाहरू ढाडे भएका छन् । बुद्धिजीवीको कुरै छोडौँ ।

ढाडेको वयान गर्दा यो हिमालजस्तो चिसो चुलोको आगो ताप्ने । गुराँसजस्तै रातो बल्ने हुँदा यो ढाडे मांसाहारी वर्ग पर्ने जन्तु भएकोले यो घाँसाहारीेभित्र पदैन । किनकि यो घर न घाटको दूत हैन, सिहदरवारको दूध उडाउने भाले वर्गमा पर्छ ।

ढाडे र साँढे उस्तै उस्तै त हो नि । हामीले ढाडेको वारेमा भन्न जानेनौ क्या हो । ढाडेलाई मन्त्री होइन प्रधानमन्त्री बनाइदिए कसो होला । आज म ढाडेको वारेमा लेख्दैछु । यै खुशीमा खसिको कान खान पनि भएन । ढाडेको सिजन र भिजन जहिले पनि जता पुगे पनि अशुद्ध हुँदैन । ढाडेको भिजनको कुरा छाडौ । त्यसो भनेर मैले उसको बर्गीकरण गर्न सक्दिन । ढाडेको बिषयमा त्यसको मास्टरी सास्सटरी गरेको मान्छे होइन । उसको प्रतिनिधित्व गरेको अभिभावक पनि होइन । कति पटक चिया खाँदा खलखली भइयो । उसको वारेमा आफ्नो पनि थाहा छैन । ब्याउँदै गरेको ढाडेको शब्द भ्वाङ हेर्नुस् पनि यति भ्रष्ट छ । शब्दको जालोमा कसैले ढाडेको पोथी अग्लो कि मान्छेको ?

अहिले हामीहरू ढाडेको युगमा गफिइ रहेका छौं । सम्पति हडप्नेहरूको लागि यो कम खुशीको कुरो थिएन । ऊ कन्तुरमा सुते पनि ढाडेकै गफ र खान्कीको कुरा झिकौ । हामीले ढाडेको भिजन पनि चिनी सकेका छैनौ । ढाडे हुन के के गर्नु पर्छ । आफ्नो श्रीमती हुँदाहुुँदै अरुको लभर उडाउने ढाडे फुल ढाडे हो । स्मल ढाडेको कुरा नगरौ । घर घरमा मुसो नपाएर ढाडे पनि सङ्कटमा छ । गाउँबाट दुई चार पैसा कमाउन रहर लिएर शहर पस्ने ढाडे पनि छन् । कोदाको बाला काटेर बाँच्ने ढाडे पनि छन् । अब उसको बहादुरी ढाडेको कुरा नगरौं । तर स्यालको सिङ खोज्नु र ढाडेको घर नदेख्नु एकै भन्छन् । ढाडेको विकास गर्ने वैज्ञानिकले पनि जमिनको उचित व्यवस्थापन गरे पनि ढाडेको निम्ति उचित होटेल र भट्टी पसलको वासस्थानको व्यवस्थापन गर्न सकेको देखिदैन । यो नवौ आश्चर्य हो ।

यो ढाडे विश्व मानचित्रको बहुल जनसंख्याको घरेलुु मैदानमा पाल्ने जनावरभित्र पर्छ । साँचो अर्थमा ढाडेको महँगीको कुरा नगरौ । यो लोक र परलोकको चर्चा पनि नगरौं । त्यो चानचुने कुरा भयो । भैंसी व्यायो भने ढाडेलाई घाडोको दशै आउँछ । जग्गाजमिन बाँझो भए गोरुलाई दशा आउँछ भन्थे चटके ढाडेलाई पनि त्यस्तै । किनकी कँुडेको दूधतको कुरा गर्दा ढाडेको उपेक्षा गरेको भन्ने कुरा हुँदैन । दूध उसको पवित्र आहार हो ।

घर गृहस्थीमा ढाडेको उडुवा आनिवानी महत्वको हुन्छ । किन कि घरको भित्रको दूध हुँदाहुदै बाहिरको दूध उडाएर चाख्ने उसको कला हो । दूध गन्ध नआई ऊ ढोकाभित्र प्रबेश पनि गर्दैन । पहिला केटाकेटी हुँदा ढाडेले बनाएको कानून नियम भन्दा जंगली हात्तिगैडा चितुवाको नेतृत्वदेखि डराउनु पथ्र्यो । कतै उडेर आउँछ कि गुडेर आउँछ भन्ने पनि डर हुन्थ्यो । आजकल श्रम र सिप जाने पनि मान्छेले शून्यमा घचघच्याएर घरेलु ढाडेदेखि डराउनु पर्ने अवस्था आएको छ । ढाडेको अविष्कार कसले गर्‍यो भनेर खेजी गर्न विद्वान बुद्धिजीवीलाई जिम्मा दिँदा कसो हेला ।

मुसो ढुकेर दूध सिध्याउनु ढाडेको खूब सिपालु छ । दूधको आचपानी नगरिरहनु यसको जातै हैन । किनकि यो घर न घाटको दूध हैन । दूध उडाउन ढाडे बन्नुपर्छ भन्ने पनि छैन । अल्छी ढाडेहरूले पुसको जाडोमा आँगनमा आगो ताप्ने मात्र गर्दैन । एकाथरि भन्छन् यो त सिंहदरवारमा दूध उडाउने वर्गमा पर्छ । तर यसको पहूँच सबै वर्गमा पुग्छ । पहिला साँढेको जात्रा हुन्थ्यो आजकल ढाडेको पनि जात्रा हुन थालेको छ ।

ढाडे शब्दको शाब्दिक अर्थ खोज्न पनि समस्या छ । च्याँसेले चास्नि खाएर भए पनि दूत मासुमा मात्र स्वाद र सन्तुष्टि लिने हुँदा यसको नामाकरण कसले कसरी गर्‍यो होला ? पद स्थापना कसले गर्‍यो त्यो पनि नकोट्याउँदा नै बेस होला । ढाडेलाई सामन्त गोरुजस्तो खाइलाग्दो पूजा गर्ने गरिएको भने पाइँँदैन । महन्त बाको कुकुरलाई जस्तो थुन्न पनि सकिदैन । घर ज्वाइँजस्तो घरमा मासुको तमासा देखाउँदै पाल्न पनि सकिदैन । यसको यही हुकाईले समाज पुछुताउन परिरहेछ ।

अहिले फुङ्कार गरेर ढाडेले खाने दिन आएको छ । साँचो अर्थमा ढाडे भनेको कुँडेको दूध कुर्ने साक्षी मात्र हो । यसको ढाड सिन्काजस्तो मोटो हुने हुँदा यसलाई ढाडे भनिएको पो हो कि ! मान्छेले विरालोलाई दूध चोरको उपनाम पनि दिएका छन् । यसको विगविगी र बेथितिको टुङ्गोमा पुग्न सकिँदै सकिन्न ।

ढाडे चाहे मन्द गतिमा हिडोस् । चाहे फट्याङ्ग्रो जस्तो उछिट्टियोस् । ढोकामा, फलैचामा, भारमा, तारमा, सेफमा, सोफामा, बार्दलीको बाकसमा, आलमारीमा जता लुके पनि यसलाई लुक्न सहज हुन्छ । घरवेटी र वनबेटी नभएको यसलाई सहज हुन्छ । यो चतुर घरपालुला जनावर हो । यसले अरुवा भरुवा तरुवा खान मध्ये दरुवा मन पराउँछ । पनि यसलाई बस्न कुनै गुँड वार खोरको आवश्यक्ता पर्दैन ।

ढाडेपन अब हाम्रो राजनीतिमा छिरेको छ । राजनीतिमा उत्पन्न विकट समस्यामा उसले आफ्नो पञ्जा गाडेको उसले समस्या समाधान गनु भन्दा अल्झाउन र बल्झाउन बढी रुचि राख्छ । मेवालाई टेवा दिन, लुटन्देखि जुट्नसम्मका यावत् कार्यमा ढाडे जगर फुलाएर जाँगर पोख्ने गरेको छ ।

नेपाली राजनीतिमा साचै भन्ने हो भने हामीलाई ढाडे र साँढे दुबै आवश्यक छ । देश विकासमा यिनीहरूको खाँचो मात्र होइन टड्कारो रुपमा साँचो जस्तै देखिन्छ । साँढेले दोवाटो कुर्छ । रोगको टन्टा मेटिदिन्छ । ढाडेले दूध कुर्छ । फरक यति हो । हामी यी दुईको महत्व अन्यत्रमा भन्दा हाम्रो राजनीतिमा देखिदै छ ।

हाम्रो देशका असली ढाडेहरू काँचा मानिसका हातमा परेका छन् । ढाडे र साँढेबाट मुलुकको दिगो परिवर्तन भयो भएन यो अर्को खोजिको विषय हो । त्यसको वकालत मैले यहाँ पेश गर्न सक्ने अवस्था देखिएन । ढाडेमा विज्ञताका अभाव भने टड्कारै देखिन्छ । देशको उन्नत माटोमा जन्मिएका बिउहरू अरब र युरोपतिर पलायन हुने स्थितिका सिर्जनाकार यिनै ढाडे र साँँढे हुन् । यहाँ त ढाडे र साँढे नै अजर अमर हुन खोजेका छन् ।

अपरिपक्क समाजमा परिपक्क र इमान्दरको उपस्थिति कहाँ सम्भव छ र ? विचारको विगबिगीमा इच्छाको अपहरण भैरहने छ । एउटा नवीन विचार म पनि रोपिदिन्छु- यो देश कृषि प्रधान होइन, ढाडे प्रधान देश हो । कति ढाडेहरू कलमले घोचीघोची सोज्याउनु जस्ता छन् । मुलुक बनाउन चैतमा ढाडे र साढेलाई नारेर खेतवारी जोत्नु पर्ने आवश्यकताको बोध भइरहेको छ । सित्तैंमा ढाडे हुने र मफतमा साँढे हुनेहरूलाई लिलाम बढाबढ गरी बिक्रिमा राखे पनि आम नागरिकको पक्ष्मा खर्च गर्ने राजस्व सङ्कलन हुन्थ्यो बरु । यतातिर सबैको ध्यान जावस् !!

०००
२०७९ माघ ६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x