ठाकुरप्रसाद अधिकारीसित्तैंका ढाडेहरू
सित्तैंमा ढाडे हुने र मफतमा साँढे हुनेहरूलाई लिलाम बढाबढ गरी बिक्रिमा राखे पनि आम नागरिकको पक्ष्मा खर्च गर्ने राजस्व सङ्कलन हुन्थ्यो बरु । यतातिर सबैको ध्यान जावस् !

कुखुराको पोथी अग्लो कि मान्छेको पोथी अग्लो भनेर कसैले प्रश्न गरेमा यसको सही उत्तर यही हो भनेरे दिने कोही हुन्छ जस्तो लाग्दैन । दिगो र दरिलो ढाडेको बारेमा यहाँ मैले कुरा उठान गर्न खोजेको प्रसङ्गको स्वरुप अर्कै छ ।
साँचो अर्थमा पहिला जङ्गली हात्ती चितुवादेखि डराउनु पथ्र्यो । आजकल श्रम र सिप जाने पनि मान्छे घरेलु ढाडेदेखि डराउनु पर्ने अवस्था आएको छ । किन डराए त्यो कुरा खोज्नुपर्छ । पहिला मानिसले घरेलु जनावर बाँच्नका निम्ति पासो थाप्न ढाडे पाल्थे । सदाचारी बन्न दुःख, हण्डर, सास्ती खाएर पनि पाल्थे सित्तैंका ढाडेहरू । अहिले हामीहरू साँढे युगबाट ढाडे युगमा पुगेका छौँ । यसबारेमा केहि नभए पनि गम्भीर भए पुग्छ । सरकारको टिभी ढाडे भएको छ, छापाहरू ढाडे भएका छन् । बुद्धिजीवीको कुरै छोडौँ ।
ढाडेको वयान गर्दा यो हिमालजस्तो चिसो चुलोको आगो ताप्ने । गुराँसजस्तै रातो बल्ने हुँदा यो ढाडे मांसाहारी वर्ग पर्ने जन्तु भएकोले यो घाँसाहारीेभित्र पदैन । किनकि यो घर न घाटको दूत हैन, सिहदरवारको दूध उडाउने भाले वर्गमा पर्छ ।
ढाडे र साँढे उस्तै उस्तै त हो नि । हामीले ढाडेको वारेमा भन्न जानेनौ क्या हो । ढाडेलाई मन्त्री होइन प्रधानमन्त्री बनाइदिए कसो होला । आज म ढाडेको वारेमा लेख्दैछु । यै खुशीमा खसिको कान खान पनि भएन । ढाडेको सिजन र भिजन जहिले पनि जता पुगे पनि अशुद्ध हुँदैन । ढाडेको भिजनको कुरा छाडौ । त्यसो भनेर मैले उसको बर्गीकरण गर्न सक्दिन । ढाडेको बिषयमा त्यसको मास्टरी सास्सटरी गरेको मान्छे होइन । उसको प्रतिनिधित्व गरेको अभिभावक पनि होइन । कति पटक चिया खाँदा खलखली भइयो । उसको वारेमा आफ्नो पनि थाहा छैन । ब्याउँदै गरेको ढाडेको शब्द भ्वाङ हेर्नुस् पनि यति भ्रष्ट छ । शब्दको जालोमा कसैले ढाडेको पोथी अग्लो कि मान्छेको ?
अहिले हामीहरू ढाडेको युगमा गफिइ रहेका छौं । सम्पति हडप्नेहरूको लागि यो कम खुशीको कुरो थिएन । ऊ कन्तुरमा सुते पनि ढाडेकै गफ र खान्कीको कुरा झिकौ । हामीले ढाडेको भिजन पनि चिनी सकेका छैनौ । ढाडे हुन के के गर्नु पर्छ । आफ्नो श्रीमती हुँदाहुुँदै अरुको लभर उडाउने ढाडे फुल ढाडे हो । स्मल ढाडेको कुरा नगरौ । घर घरमा मुसो नपाएर ढाडे पनि सङ्कटमा छ । गाउँबाट दुई चार पैसा कमाउन रहर लिएर शहर पस्ने ढाडे पनि छन् । कोदाको बाला काटेर बाँच्ने ढाडे पनि छन् । अब उसको बहादुरी ढाडेको कुरा नगरौं । तर स्यालको सिङ खोज्नु र ढाडेको घर नदेख्नु एकै भन्छन् । ढाडेको विकास गर्ने वैज्ञानिकले पनि जमिनको उचित व्यवस्थापन गरे पनि ढाडेको निम्ति उचित होटेल र भट्टी पसलको वासस्थानको व्यवस्थापन गर्न सकेको देखिदैन । यो नवौ आश्चर्य हो ।
यो ढाडे विश्व मानचित्रको बहुल जनसंख्याको घरेलुु मैदानमा पाल्ने जनावरभित्र पर्छ । साँचो अर्थमा ढाडेको महँगीको कुरा नगरौ । यो लोक र परलोकको चर्चा पनि नगरौं । त्यो चानचुने कुरा भयो । भैंसी व्यायो भने ढाडेलाई घाडोको दशै आउँछ । जग्गाजमिन बाँझो भए गोरुलाई दशा आउँछ भन्थे चटके ढाडेलाई पनि त्यस्तै । किनकी कँुडेको दूधतको कुरा गर्दा ढाडेको उपेक्षा गरेको भन्ने कुरा हुँदैन । दूध उसको पवित्र आहार हो ।
घर गृहस्थीमा ढाडेको उडुवा आनिवानी महत्वको हुन्छ । किन कि घरको भित्रको दूध हुँदाहुदै बाहिरको दूध उडाएर चाख्ने उसको कला हो । दूध गन्ध नआई ऊ ढोकाभित्र प्रबेश पनि गर्दैन । पहिला केटाकेटी हुँदा ढाडेले बनाएको कानून नियम भन्दा जंगली हात्तिगैडा चितुवाको नेतृत्वदेखि डराउनु पथ्र्यो । कतै उडेर आउँछ कि गुडेर आउँछ भन्ने पनि डर हुन्थ्यो । आजकल श्रम र सिप जाने पनि मान्छेले शून्यमा घचघच्याएर घरेलु ढाडेदेखि डराउनु पर्ने अवस्था आएको छ । ढाडेको अविष्कार कसले गर्यो भनेर खेजी गर्न विद्वान बुद्धिजीवीलाई जिम्मा दिँदा कसो हेला ।
मुसो ढुकेर दूध सिध्याउनु ढाडेको खूब सिपालु छ । दूधको आचपानी नगरिरहनु यसको जातै हैन । किनकि यो घर न घाटको दूध हैन । दूध उडाउन ढाडे बन्नुपर्छ भन्ने पनि छैन । अल्छी ढाडेहरूले पुसको जाडोमा आँगनमा आगो ताप्ने मात्र गर्दैन । एकाथरि भन्छन् यो त सिंहदरवारमा दूध उडाउने वर्गमा पर्छ । तर यसको पहूँच सबै वर्गमा पुग्छ । पहिला साँढेको जात्रा हुन्थ्यो आजकल ढाडेको पनि जात्रा हुन थालेको छ ।
ढाडे शब्दको शाब्दिक अर्थ खोज्न पनि समस्या छ । च्याँसेले चास्नि खाएर भए पनि दूत मासुमा मात्र स्वाद र सन्तुष्टि लिने हुँदा यसको नामाकरण कसले कसरी गर्यो होला ? पद स्थापना कसले गर्यो त्यो पनि नकोट्याउँदा नै बेस होला । ढाडेलाई सामन्त गोरुजस्तो खाइलाग्दो पूजा गर्ने गरिएको भने पाइँँदैन । महन्त बाको कुकुरलाई जस्तो थुन्न पनि सकिदैन । घर ज्वाइँजस्तो घरमा मासुको तमासा देखाउँदै पाल्न पनि सकिदैन । यसको यही हुकाईले समाज पुछुताउन परिरहेछ ।
अहिले फुङ्कार गरेर ढाडेले खाने दिन आएको छ । साँचो अर्थमा ढाडे भनेको कुँडेको दूध कुर्ने साक्षी मात्र हो । यसको ढाड सिन्काजस्तो मोटो हुने हुँदा यसलाई ढाडे भनिएको पो हो कि ! मान्छेले विरालोलाई दूध चोरको उपनाम पनि दिएका छन् । यसको विगविगी र बेथितिको टुङ्गोमा पुग्न सकिँदै सकिन्न ।
ढाडे चाहे मन्द गतिमा हिडोस् । चाहे फट्याङ्ग्रो जस्तो उछिट्टियोस् । ढोकामा, फलैचामा, भारमा, तारमा, सेफमा, सोफामा, बार्दलीको बाकसमा, आलमारीमा जता लुके पनि यसलाई लुक्न सहज हुन्छ । घरवेटी र वनबेटी नभएको यसलाई सहज हुन्छ । यो चतुर घरपालुला जनावर हो । यसले अरुवा भरुवा तरुवा खान मध्ये दरुवा मन पराउँछ । पनि यसलाई बस्न कुनै गुँड वार खोरको आवश्यक्ता पर्दैन ।
ढाडेपन अब हाम्रो राजनीतिमा छिरेको छ । राजनीतिमा उत्पन्न विकट समस्यामा उसले आफ्नो पञ्जा गाडेको उसले समस्या समाधान गनु भन्दा अल्झाउन र बल्झाउन बढी रुचि राख्छ । मेवालाई टेवा दिन, लुटन्देखि जुट्नसम्मका यावत् कार्यमा ढाडे जगर फुलाएर जाँगर पोख्ने गरेको छ ।
नेपाली राजनीतिमा साचै भन्ने हो भने हामीलाई ढाडे र साँढे दुबै आवश्यक छ । देश विकासमा यिनीहरूको खाँचो मात्र होइन टड्कारो रुपमा साँचो जस्तै देखिन्छ । साँढेले दोवाटो कुर्छ । रोगको टन्टा मेटिदिन्छ । ढाडेले दूध कुर्छ । फरक यति हो । हामी यी दुईको महत्व अन्यत्रमा भन्दा हाम्रो राजनीतिमा देखिदै छ ।
हाम्रो देशका असली ढाडेहरू काँचा मानिसका हातमा परेका छन् । ढाडे र साँढेबाट मुलुकको दिगो परिवर्तन भयो भएन यो अर्को खोजिको विषय हो । त्यसको वकालत मैले यहाँ पेश गर्न सक्ने अवस्था देखिएन । ढाडेमा विज्ञताका अभाव भने टड्कारै देखिन्छ । देशको उन्नत माटोमा जन्मिएका बिउहरू अरब र युरोपतिर पलायन हुने स्थितिका सिर्जनाकार यिनै ढाडे र साँँढे हुन् । यहाँ त ढाडे र साँढे नै अजर अमर हुन खोजेका छन् ।
अपरिपक्क समाजमा परिपक्क र इमान्दरको उपस्थिति कहाँ सम्भव छ र ? विचारको विगबिगीमा इच्छाको अपहरण भैरहने छ । एउटा नवीन विचार म पनि रोपिदिन्छु- यो देश कृषि प्रधान होइन, ढाडे प्रधान देश हो । कति ढाडेहरू कलमले घोचीघोची सोज्याउनु जस्ता छन् । मुलुक बनाउन चैतमा ढाडे र साढेलाई नारेर खेतवारी जोत्नु पर्ने आवश्यकताको बोध भइरहेको छ । सित्तैंमा ढाडे हुने र मफतमा साँढे हुनेहरूलाई लिलाम बढाबढ गरी बिक्रिमा राखे पनि आम नागरिकको पक्ष्मा खर्च गर्ने राजस्व सङ्कलन हुन्थ्यो बरु । यतातिर सबैको ध्यान जावस् !!
०००
२०७९ माघ ६
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































