साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा हुन् धराका सुनौला निसान !

न खोज्ने प्रशंसा न खोज्ने सिरान बुबा हुन् धराका सुनौला निसान !! न आसा न लिप्सा न केही निरासा अविच्छिन्न यात्रा उनी नै भरोसा ! उनी एक खम्बा उषाका उडान बुबा हुन् धराका सुनौला निसान !!

Nepal Telecom ad

यता धार नौला भई शक्तिशाली
जमेका सबै छन् धराका प्रणाली !
तिनै धान्नलाई लिई स्वाभिमान
बुबा हुन् धराका सुनौला निसान !!

परे जाइ लाग्ने अझै दुष्टमाथि
भए कोमलाकारका भव्य साथी !
यिनै छन् अनौठा गराका किसान
बुबा हुन् धराका सुनौला निसान !!

खनी खोस्रिँदै मृत्तिकासाथ लड्ने
सँगै साथ गाई र भैंसी सुमर्ने!
दुही दूध मथ्ने दहीका किसान
बुबा हुन् धराका सुनौला निसान !!

लिई काख छोरा र छोरी समाली
बगैँचा सबैका यिनी भव्य माली !
सबै साथ सन्तानका यी बिहान
बुबा हुन् धराका सुनौला निसान !!

परी पार आए उता युध्द लड्ने
समस्या सबै सामु दौडेर बढ्ने !
बसी पढ्न पाए यिनै पाठपान
बुबा हुन् धराका सुनौला निसान !!

अरे, बाबुजस्तो छ को यो पलामा
न हुन् बाबु हुन्नन् कुनै क्वै थलामा !

न खोज्ने प्रशंसा न खोज्ने सिरान
बुबा हुन् धराका सुनौला निसान !!
न आसा न लिप्सा न केही निरासा
अविच्छिन्न यात्रा उनी नै भरोसा !

उनी एक खम्बा उषाका उडान
बुबा हुन् धराका सुनौला निसान !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x