साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाता

आज हामी छाताविहीन भएका छौँ हिजो जस्तो कोही छैनन् हाम्रा तथाकथित ‘प्रभु’ कोही छैनन् हाम्रा तथाकथित ‘मुक्तिदाता’ र आज हामी आफ्ना लागि आफैँ रक्षक भएका छौँ आफ्ना लागि आफैँ रखवाला भएका छौँ ।

Nepal Telecom ad

छाता थियो ऊ हाम्रो
मेड इन नेपाल
दुई हजार छ ।
हामीलाई भन्थ्यो ऊ
“तिमीहरूलाई घामबाट बचाउँछु
तिमीहरूलाई पानीबाट जोगाउँछु ।”

एक दिन छाता च्यातियो
र दुई टुक्रा भयो
आफूलाई टालेनन्
आफूलाई जोडेनन् उनीहरूले
आमाचकारी गाली गर्दै
धेरै भागमा बाँडिए
र आफूआफूलाई नै सक्कली भन्न थाले ।

घाममा धेरै डढ्यौँ हामी
पानीमा धेरै रुझ्यौँ हामी
कहाँ पायौँ र छाता !
कहाँ पायौँ र आश्रय !
बरु उनीहरूको बहुलट्टीमा
धेरै मान्छेहरू भाँडिए
धेरै मान्छेहरू मरे
धरती रक्ताम्मे भयो
सम्बन्ध चिराचिरा भयो ।

आज हामी छाताविहीन भएका छौँ
हिजो जस्तो कोही छैनन् हाम्रा तथाकथित ‘प्रभु’
कोही छैनन् हाम्रा तथाकथित ‘मुक्तिदाता’
र आज हामी
आफ्ना लागि आफैँ रक्षक भएका छौँ
आफ्ना लागि आफैँ रखवाला भएका छौँ ।

०००
हालः सिड्नी, अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x