साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के विवाहितले प्रेमको कुरा गर्न हुन्न ?

अहिले त प्रेमका कुरा गर्न लाज मान्ने नेपाली समाज के गर्दै थियो होला उतिखेर ? धन्न विदेशीले बेलैमा ’आइ लभ यू’ वाक्य बनायो र हामीलाई बोल्न सजिलो भयो । त्यति नहुँदो हो त मेरो जुनी पनि खेरै जान्थ्यो ।

Nepal Telecom ad

कुरोको चुरो शुरूमैँ भनौँ- नेपालमा पण्डित सेन्ट भ्यालेन्टाइन मारिएको थियो भने प्रणय दिवस होइन, शहीद दिवस मनाइन्थ्यो ।

तेस्रो शताब्दीतिर रोमका राजा क्लडिअसले एक क्रिश्चियन पादरी सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । कतै कतै रोमन देवताको पूजामा रोक लगाएकाले मृत्युदण्ड दिइएको पनि भनिन्छ । कतै यही नामका अन्य मानिसको प्रसङ्ग पनि पाइन्छन् । अढाई सय वर्षअघिका भीमसेन थापा र सतिकै कथा स्पष्ट नहुँदा अठार सय वर्षअघिको भ्यालेन्टाइनको घटना कसले स्पष्ट पार्नु ?

बल्लतल्ल बेलायतमा १४औँ शताब्दीपछि उनको नाममा यो दिवस मनाउन थालियो । मनाउँन मात्रै थालिएन, उपहार दिन पनि शुरू भयो । अनि पो यो दिन शोक नभएर उमङ्गको पर्वका रूपमा विकसित हुँदै गयो ।

विदेशतिर ‘भ्यालेन्टाइन डे’ प्रेमजोडी जम्मा गर्ने मात्रै होइन प्रेमी खोस्ने दिनका रूपमा पनि कुख्याति कमाएको पर्व हो । विदेशतिर यो दिनमा धेरैको सम्बन्ध टुङ्गिँदोरहेछ । मानिसहरू डिप्रेसनका शिकार हुँदारहेछन् ।

उनी नेपालमा जन्मेका भए फेब्रुअरी १४ मा सार्वजनिक विदा हुन्थ्यो । त्यसअघिका विभिन्न दिवस सोह्रश्राद्ध झैँ हुन्थ्यो । पछिल्ला पुस्ताले उनको श्राध्द गर्थे कि गर्दैनथे यकीन भन्न सकिन्न । त्यति नभए पनि १ मिनेट मौन धारण त हुन्थ्यो हुन्थ्यो । होइन भने भित्ते पात्रोदेखि पञ्चाङ्ग पात्रोसम्म उनको जयन्ती लेखिन्थ्यो । लोक सेवादेखि शिक्षक सेवासम्म यस्ता महापुरूषको ज्ञानलाई ‘समान्य ज्ञान’ भनेर प्रश्न सोधिन्थ्यो ।

नेपालमा भेलु बाजेको चर्चाजस्तो पण्डित भ्यालेन्टाइनको चर्चा हुन्थ्यो । एकाथरीले शालिक बनाउँथ्यो, अर्काथरीले धारे हात लाउँथ्यो होला । धन्य उनी विदेशमा जन्मिए, विदेशमैँ मारिए र त उनको मृत्युको दिनमा प्रेम र रोमान्सले सगरमाथा नाघ्दोरहेछ ।

नेपालमा जन्मेका भए शिलापत्रमा नाम भेटिन्थे र हामी पूजा गर्न थाल्थ्यौँ कि । पूजा पनि यति गर्ने कि अबिर धस्दा धस्दै कुँदेका अक्षरलाई अमूर्त चित्र बनाइदिन्थ्यौँ । सिक्काले हिर्काउँदा हिर्काउँदा कोर्रा लाएको भगौडा सिपाहीको ढाडजस्तो बनाइसक्थ्यौँ कि ।

अहिले त प्रेमका कुरा गर्न लाज मान्ने नेपाली समाज के गर्दै थियो होला उतिखेर ? धन्न विदेशीले बेलैमा ’आइ लभ यू’ वाक्य बनायो र हामीलाई बोल्न सजिलो भयो । त्यति नहुँदो हो त मेरो जुनी पनि खेरै जान्थ्यो ।

नेपालले राष्ट्रिय चाड मान्ने हो भने देशविदेशबाट भ्यालेन्टाइनका रूपमा प्रेमिल अनुहारमा फुस्रे बाबाको सट्टा चिल्ला युवाहरूको आगमन हुन्थ्यो होला । उनीहरू गाँजाको सट्टामा मायाप्रेम बाँड्दा हुन् । युवा-युवतीहरू टङ्ग ट्विस्ट, पाउट, डक फेस, स्पारो फेसमा सेल्फी लिँदा हुन् ।

यति सम्झेपछि मलाई पनि भ्यालेन्टाइन मन पर्न थाल्यो । उठ्नेबित्तिकै चिटिक्क परेर प्लास्टिकको फूल बोकेर पार्कमा जाउँ भन्ने सोच्दासोच्दै बुढीले भनी ‘मनमा लड्डु फुटाएर एक्लै मस्क्या छौ त बुढा ?’ अहो म त विवाहित पो हुँ त । छङ्गाछुर भएँ । आफैँलाई सम्हालेँ- के विवाहितले प्रेमको कुरा गर्न हुन्न ?

परिवारजनमा सुखशान्ति, समृद्धि, अमनचयन, मायाप्रेम, सद्भाव मिलोस् । प्रेम गर्न जान्नेहरूमा यस महान पर्व भ्यालेन्टाइन तिथीको हार्दिक मङ्गलमय शुभकामना ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x