साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सच्चा नेता

कोही भ्रष्टाचारी भन्छन् कोही दुराचारी भन्छन् कोही व्यभिचारी भन्छन् जेहोस् तिम्रो आफ्नो पहिचान छ ।

Nepal Telecom ad

अनुदान नलिने महान् नेता
ऋण पनि नलिने त्यागी नेता
विकास बजेट कुम्ल्याउँदै,
चुनाव लड्ने देशभक्त नेता !!

खै तिमीलाई कसरी संबोधन गर्रौ ?
कोही भ्रष्टाचारी भन्छन्
कोही दुराचारी भन्छन्
कोही व्यभिचारी भन्छन्
जेहोस् तिम्रो आफ्नो पहिचान छ ।

तिमी जेसुकै गर त्यो तिम्रो पेसा हो,
तर अब युवा विदेशमा नबेच
वृद्धआश्रम हैन, वृद्धपार्क बनाऊ
व्यापार, वाणिज्यमा वृद्धि गर
मानवीय र प्राकृतिक श्रोत
साधनको सदुपयोग गर ।

आमाका आँसु पुछ्न सिक
प्रियाको सिउँदो भर्न सिक
बच्चाको हातमा कलम दिएर
बाको ओठमा मुस्कान भर्न सिक ।

काला पत्थरमा बन्दुक बोकेर
देशको सिमा जोगाउने
ती सच्चा देशभक्तका लागि !
तराईमा झुलेका सुनका बाला
पहाडमा फलेका मोतीका दाना
अब तिमी आफैले पुर्‍याउन पर्छ
अनि त तिमी ! सच्चा नेता बन्छौ !
साँच्चै तिमी सच्चा नेता बन्छौ ।।

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x