साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो भोक

भनौँ म भोकको भकारी हुँ हन्तकाली हुँ जति खाए पनि नअघाउने म गिद्ध हुँ सधैँ सिनो लुछिरहने खाएको शरीरमा नलाग्ने सुकेनास रोगको घर हुँ ।

Nepal Telecom ad

अचम्मको छ मेरो भोक
सधैँ भोकमात्र लागि रहन्छ
भोक लाग्दा सिङ्गै आकाश निल्दा पनि
सन्तुष्टि हुँदैन मलाई
ढुङ्गा, बालुवा माटो, पानी निल्दा पनि
मन र पेट भोकै हुन्छ ।
मेरो आहारा विश्वमा उत्पादन नभए झैँ
सुपणर्खाको मुख झैँ
सधैँ आहाराकालागि मेरो मुख आँ गरिरहन्छ ।

पेटभित्रका आन्द्राहरू सधैँ आन्दोलित भैरहन्छन्
भोक मार्न नाराहरू घन्काउँछन्
म त्यो सबै सुनिरहन्छु र आँ मुख बाएर
आहाराको खोजीमा भौतारिन्छु ।
भौँतारिदा हावामा धेरै हण्डर खाए
हावामा बतासिएर भोक मेट्न
अनेकौँ प्रयास गरे तर भोक मत्थर भएन ।

मेरो भोकको कथा कुनै जोक होइन
यो देशमा मेरो भोक मेट्ने भकारी नै रित्तो छ
अझैँ मेरो भोकको परिधी आकार प्रकार बढिरहेको छ,
भनौँ मेरो भोक कुनै राक्षसको आकांक्षा हो
मृत्यु सैयामा पुग्दा पनि जति खायो उति नै भोक लागिरहन्छ ।

अझ मिष्ठान्न चौरासी व्यञ्जन खोजी रहने
मेरो भोकले विश्व रेकर्ड कायम गरेर गिनिज बुकमा
नाम लेखाउँने प्रयास गरिरहेको छ ।
भनौँ म भोकको भकारी हुँ हन्तकाली हुँ
जति खाए पनि नअघाउने म गिद्ध हुँ
सधैँ सिनो लुछिरहने
खाएको शरीरमा नलाग्ने सुकेनास रोगको घर हुँ ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x