साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि भूपिनलाई कलाश्री पुरस्कार

कलाश्रीका अन्य पुरस्कारले समालोचक प्राडा लक्ष्मण गौतम, फोटोग्राफर जगदीश तिवारी, डा टङ्क उप्रेती र गायिका मेलिना राईलाई प्रदान गरियो ।

Nepal Telecom ad

काठमाडौँ, ११ फागुन, २०७९ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा चितवनका स्रष्टा भूपिनलाई ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट सम्मानित गरिएको छ । कवि एवं लेखक भूपिनले ७५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कृत व्यक्तित्व भूपिनको पुर्ख्याैली थलो बाग्लुङ हो । उनी चितवनमा बसेर लेखनसँगै प्राध्यापन पेशामा आवद्ध छन् । उनका क्षतिग्रस्त पृथ्वी र मूल सडक (कवितासंग्रह), हजार वर्षको निद्रा (कवितासंग्रह), चौबिस रिल (निबन्धसंग्रह), सुप्लाको हवाइजहाज (कवितासंग्रह) र मैदारो (उपन्यास) प्रकाशित छन् ।

रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्राडा लक्ष्मण गौतम, रू ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारी, रू ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा टङ्क उप्रेती र रू ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरियो ।

कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई कलाश्री सम्मान अर्पण गरियो । आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्‍याएको विशिष्ट योगदानको प्रशंसा गरे ।

संस्थाका प्रमुख संरक्षक डा विमल कोइरालाले कलासाहित्य शाश्वत हुने बताए । प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाले पञ्चवर्षीय मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । समारोहमा सम्मानित र पुरस्कृत स्रष्टाको परिचय सर्जक महेश पौड्यालले दिएका थिए ।

०००

समाचार श्राेत : कायाकैरन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x