साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गतिछाडा सरकार

कि युवा बलिमा दिन्छौ सत्तामा टिक्न मूर्ख हो ? प्रभुका पाउमा ढोग्छौ के नपुंसक नै भयौ ? तिम्रो हुङ्कार खै आज कसका लागि हौ तिमी ? को हुन् यी जनता, देश, के हो राष्ट्र र के तिमी ?

Nepal Telecom ad

(जयसिंह धामीको सम्झनामा)

निर्धो देखेर वैरीले काटे तुइन चट्चटी
हाम्रा छाती चिथोरेर पिए रगत घट्घटी
निर्लज्ज छौँ सबै हामी नाङ्गो झन् सरकार छ
अभिभावक के भन्नू ? यो बेकार हुँडारछ ।

चल्दैन खुकुरी ऐले न चल्ने तरबार छ
न बहादुर छन् सेना न गोर्खे हतियार छ
लालसेना पढेका हौँ हुतिहारा सबै भयौँ
बामपन्थी मरे जम्मै मलामी सबका गयौँ ।

रुँदैछिन् धरती माता रुँदैछ गाउँ धर्धर
मन्त्री प्रधानमन्त्रीको चक्चकी छ बरोबर
कालापानी दुखेकैछ दुखेकै लिम्पियाधुरा
सत्ता चढ्ने सिँढी रैछ लिपुलेक कठैबरा !

पुर्खाको साहसी रूप साहसी कर्म सम्झँदै
नेपाली हुनुको गर्व जाग्दथ्यो झन्झनाउँदै
झुम्राका पुतली ऐले शत्रुका पाउ ढोग्दछन्
जघन्य अपराधीका सामु लाचार बन्दछन् ।

कसरी खप्नु यो पीडा कसरी खप्नु ज्यादती ?
बोल्दैनन् किन हत्यारा सत्तासीन भएपछि ?
प्रमाण अब के खोज्छौ चस्मदिद गवाह छन्
बर्साऊ बारुदी गोला शत्रुका जेर मासिऊन् ।

कि युवा बलिमा दिन्छौ सत्तामा टिक्न मूर्ख हो ?
प्रभुका पाउमा ढोग्छौ के नपुंसक नै भयौ ?
तिम्रो हुङ्कार खै आज कसका लागि हौ तिमी ?
को हुन् यी जनता, देश, के हो राष्ट्र र के तिमी ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x