साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय अवसरवाद !

उनी तृप्त भई डकार्दा तिमी भोकै बस्न मान्नुपर्छ सधैं होइन, अनुकूलको स्थिति पर्खी बस्नुपर्छ कोमल ठाउँ छामिराख मौकामा छुरी धस्नुपर्छ मनमा नरहोस् कुनै अवसाद जिन्दावाद ! जय अवसरवाद !!

Nepal Telecom ad

साम्यवाद कि समाजवाद ?
बेकार छ यो वादविवाद
कुनै मरोस् वा होस् बरबाद
बाँचिराखोस् अवसरवाद ।

वेलामौकामा ‘सिल्ली’ लाई
‘हजुर !’ भन्न जान्नुपर्छ
सतहमै फैलेकोलाई
‘गजूर’ भन्न जान्नुपर्छ
यति मात्र होइन, कागलाई पनि
‘मयूर’ भन्न जान्नुपर्छ
छोडिदेऊ मनको साथ
सम्झ एउटै अवसरवाद ।

आफ्नो मनले नमाने पनि
उसको व्याख्या मान्नुपर्छ
आपने हत्यारोलाई पनि
उद्धारक पो ठान्नुपर्छ
जाँडले ‘टुन्न’ भएकोलाई
‘समाज-सुधारक’ भन्नुपर्छ
टपरटुइयाँलाई पनि
‘महान् विचारक’ मान्नुपर्छ
बिर्स शुद्ध मनको संवाद
सम्झिराख अवसरवाद ।

तिम्रो पौरख- उनको भरण
उनको पूणर्िमा- तिम्रो ग्रहण
तिमी शरणागत- उनको शरण
तिम्रा हात- उनका चरण !

बाबु ! मौकामा तिमीले
चिल्लो घस्न जान्नुपर्छ
उनी तृप्त भई डकार्दा
तिमी भोकै बस्न मान्नुपर्छ
सधैं होइन, अनुकूलको
स्थिति पर्खी बस्नुपर्छ
कोमल ठाउँ छामिराख
मौकामा छुरी धस्नुपर्छ
मनमा नरहोस् कुनै अवसाद
जिन्दावाद ! जय अवसरवाद !!

०००
‘जय अवसरवाद’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x