साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो ! हामी यस्तै छौ !

हामी बफादार छौं ! शक्तिको भक्ति गर्न माहिर छौं ! जता जता मल्किन्छ ! त्यतै ढल्किन्छौं ! न आगत हेर्छौं ! न बिगत हेर्छौं ! हामी यस्तै छौं !! हामी नेपाली यस्तै छौं !!!

Nepal Telecom ad

खेत बाँझो राखेर,
वास्मती चामलको भात खान्छौं !
जंगलमा काठ कुहाएर,
विदेशी काठ भित्र्याउछौ !
जुम्ला र मुस्ताङको स्याउ फालेर,
चिनियाँ स्याउ ल्याउँछौ !
सुन्तला, कागतीका बोट काटेर,
एभोकाडो र क्युवी रोप्छौं !
जता जता कमिसन आउँछ,
त्यतै दौडिन्छौ !
हामी यस्तै छौं !

उधोगहरू बेचेर,
म्यानपावर कम्पनि चलाउँछांै !
स्कुल र अस्पतालको व्यापार गरेर,
समाजवादी विकासको डिंग हाँक्छौं !
भोकाहरूलाई खेदर,
मार्सी चामलको भुजा ज्युनार गर्छौं !
जता जता लुट्न पाइन्छ,
त्यतै दौडिन्छौं !
हामी यस्तै छौं !

टोले दादाहरूलाई नेता चुनेर,
अमन चयनको कुरा गर्छौ !
सेटिङमा माहिर हाकिमसँग,
सुशासन अपेक्षा राख्छौ !
जता जता शक्ति छ,
त्यसैको गुणगान गाउँछौं !
हामी यस्तै छौ !

विडम्बना !
देशको माटो ! पानी बेच्ने नेता नि हाम्रै !
देशको स्वाधीनतामा धावा बोल्ने नेता नि हाम्रै !
हप्ता उठाउने डन पनि हाम्रै !
तस्कर र माफिया पनि हाम्रै !
स्कुल र अस्पतालका ब्यापारी पनि हाम्रै !
राजदूत र हाकिम किन्ने नेता नि हाम्रै !
समाजवाद नि हाम्रै !
ठोकतन्त्र नि हाम्रै !!

हामी बफादार छौं !
शक्तिको भक्ति गर्न माहिर छौं !
जता जता मल्किन्छ ! त्यतै ढल्किन्छौं !
न आगत हेर्छौं !
न बिगत हेर्छौं !
हामी यस्तै छौं !!
हामी नेपाली यस्तै छौं !!!

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x