सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हो ! हामी यस्तै छौ !

हामी बफादार छौं ! शक्तिको भक्ति गर्न माहिर छौं ! जता जता मल्किन्छ ! त्यतै ढल्किन्छौं ! न आगत हेर्छौं ! न बिगत हेर्छौं ! हामी यस्तै छौं !! हामी नेपाली यस्तै छौं !!!

Nepal Telecom ad

खेत बाँझो राखेर,
वास्मती चामलको भात खान्छौं !
जंगलमा काठ कुहाएर,
विदेशी काठ भित्र्याउछौ !
जुम्ला र मुस्ताङको स्याउ फालेर,
चिनियाँ स्याउ ल्याउँछौ !
सुन्तला, कागतीका बोट काटेर,
एभोकाडो र क्युवी रोप्छौं !
जता जता कमिसन आउँछ,
त्यतै दौडिन्छौ !
हामी यस्तै छौं !

उधोगहरू बेचेर,
म्यानपावर कम्पनि चलाउँछांै !
स्कुल र अस्पतालको व्यापार गरेर,
समाजवादी विकासको डिंग हाँक्छौं !
भोकाहरूलाई खेदर,
मार्सी चामलको भुजा ज्युनार गर्छौं !
जता जता लुट्न पाइन्छ,
त्यतै दौडिन्छौं !
हामी यस्तै छौं !

टोले दादाहरूलाई नेता चुनेर,
अमन चयनको कुरा गर्छौ !
सेटिङमा माहिर हाकिमसँग,
सुशासन अपेक्षा राख्छौ !
जता जता शक्ति छ,
त्यसैको गुणगान गाउँछौं !
हामी यस्तै छौ !

विडम्बना !
देशको माटो ! पानी बेच्ने नेता नि हाम्रै !
देशको स्वाधीनतामा धावा बोल्ने नेता नि हाम्रै !
हप्ता उठाउने डन पनि हाम्रै !
तस्कर र माफिया पनि हाम्रै !
स्कुल र अस्पतालका ब्यापारी पनि हाम्रै !
राजदूत र हाकिम किन्ने नेता नि हाम्रै !
समाजवाद नि हाम्रै !
ठोकतन्त्र नि हाम्रै !!

हामी बफादार छौं !
शक्तिको भक्ति गर्न माहिर छौं !
जता जता मल्किन्छ ! त्यतै ढल्किन्छौं !
न आगत हेर्छौं !
न बिगत हेर्छौं !
हामी यस्तै छौं !!
हामी नेपाली यस्तै छौं !!!

०००
गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैट सल्लाहकार जिन्दगी !

हैट सल्लाहकार जिन्दगी !

सुभाषचन्द्र देवकाेटा
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
आऊ आजै रमाऊँ !

आऊ आजै रमाऊँ !

सुभाषचन्द्र देवकाेटा
शहीदको टुहुरो सपना

शहीदको टुहुरो सपना

सुभाषचन्द्र देवकाेटा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’