साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे 

दशा धुर्त चाला, हटून् पाप सारा । बनून् भद्र मान्छे, धरून् सत्य नारा ॥ नयाँ कान्ति छर्दै, पुगून् कन्दरामा । दया रोप्न मान्छे, खडा हून् धरामा ॥

Nepal Telecom ad

(श्रृङ्खलाबद्ध कविताको ८८  भाग)

भए आज मान्छे, रुढी कालसम्म ।
ठगी भ्रष्ट जाग्ने, कथा छन् अचम्म ॥
बढ्यो कष्ट पीडा, दशा सङ्कटाझैँ ।
यहाँ आज मान्छे, बने तारकाझैँ ॥-१

सुधा घाम पानी, रमून् एकताले ।
चलून् आज मान्छे, दया भावनाले ॥
खुसी हुन्छ मान्छे, धरा मिल्दिनाले ।
दुखी बन्छ मान्छे, तृषा पाल्दिनाले ॥-२

सधैँ साथ रम्ने, छ यो देह छाया ।
दशा रोग बाधा, छ दायाँ र बायाँ ॥
दशा जाल रोप्ने, छ बानी परेको ।
खराबी छ मान्छे, सडेको गलेको ॥-३

दशा धुर्त चाला, हटून् पाप सारा ।
बनून् भद्र मान्छे, धरून् सत्य नारा ॥
नयाँ कान्ति छर्दै, पुगून् कन्दरामा ।
दया रोप्न मान्छे, खडा हून् धरामा ॥-४

सधैँ पाप बढ्दा, धरा फाट्न सक्छिन् ।
जया शारदाले, कतै साथ छोड्लिन् ॥
भयो चाल यस्तो, भने श्याम रुन्छन् ।
बने राम मान्छे, भने कष्ट हट्छन् ॥-५

०००
२०७९/१०/२५
वि.न.पा.-४, बट्टार, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x