साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काईंला बा !

ताला चाबी तपाईंकै भएपछि हजुरलाई जे मनलाग्छ बन्नुहोस् तर अतिथि चैं नबन्नुहोस् किनकि आफ्नु घरभित्र कोहि अतिथि हुँदैन अतिथिलाई कसैले तालाचाबी जिम्मा लगाउँदैन ।

Nepal Telecom ad

काईंला बा आफ्नै नगरपालिकामा प्रमुख हुनुहुन्थ्याे

तर वहाँलाई प्रमुख अतिथि हुने इच्छा जागेछ

खै किन वहाँलाई यस्ताे लागेछ ?

हजुरलाई चार वर्ष
सम्पूर्ण घरको तालाचाबी जिम्मा लगाएका छौं
फेरि किन यो घरकै अतिथि बन्न रहर गर्नुहुन्छ ?
घर मालिक पनि
त्यै घरको अतिथि हुन्छ र ?

के छ हजुर त्यो अतिथिमा ?
अतिथि त कहिलेकाहिँ आउने हो
मीठो मसिनु खान पाउने हो
पाए धरो पनि लाउने हो
त्यतिमै आफ्नो मालिकत्वलाई बिर्सिएर
अतिथि बन्न किन लोभ गर्नुहुन्छ ?
घर तपाईंको जिम्मा भएपछि
पढ्ने कोठामा जो बसे पनि
भंडारमा जो पसे पनि
सबै जिम्मा तपाईंको हो
अतिथि होइन
त्यसको मालिक तपाईं पो हो ।

बोल्न मनलागे
आफूलाई प्रमुखवक्ता भन्नुहोस्
देखाउन मनलागे
आफूलाई प्रमुख आकर्षणमा गन्नुहोस्
ताला चाबी तपाईंकै भएपछि
हजुरलाई जे मनलाग्छ बन्नुहोस्
तर अतिथि चैं नबन्नुहोस्
किनकि आफ्नु घरभित्र
कोहि अतिथि हुँदैन
अतिथिलाई कसैले तालाचाबी जिम्मा लगाउँदैन ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x