साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली प्रतियोगिता

आफ्नो सामानलाई निकृष्टतम र अरुकोलाई निकृष्टतर भनेर कुकुर बिरालो झैँ फेरि जुध्न थाले । निर्णायकहरू रुमल्लिए । त्यस दिनदेखि त्यस बजारमा सक्कली सामान नै हरायो ।

Nepal Telecom ad

“होइन, यो सामान सक्कली पो छ त ।”
नक्कली प्रतियोगितामा एउटा सामानवालले आफ्नोलाई एक नम्बरको नक्कली बताउन अर्को प्रतियोगीमाथि आरोप लगाउँदै सक्कली भनेको थियो ।

नभएको फतुर लाउँदा त धतुरो नसा झैँ लाग्ने रहेछ । ऊ पनि बम्क्यो- “कहीँ नभएको सक्कली सामान ल्याएर यो नक्कली मेलालाई बदनाम पार्ने अनि अरुको सोह्रै आना नक्कलीलाई सक्कली भनेर गाली गर्ने ?”

आयोजकले दुवैलाई आश्वस्त पार्दै भन्यो- “पेंडा खाएर आलुको धाक नलगाउनुस् कोही । पेंडाको त कुरै छाड्नुस् हामी आलु पनि नक्कली हो कि सक्कली हो भनी छुट्याउन सक्छौँ । जहाँ नक्कली प्रतियोगिता हुन्छ, त्यहाँ सक्कली त रुन्छ नै । यसरी रोएर एकले अर्कोलाई नाङ्गो नपार्नुस् । सर्वाङ्ग नाङ्गोले मात्र जित्ने हो ।”

अनि सक्कलीको बेइज्जत सुरु भयो । एकले अर्काको सामानलाई सक्कली भने । सक्कलीको आरोप लाग्दा कोही रुनसम्म रोए । आयोजक चाहिँ तमासे भएर आनन्दित भइरह्यो । प्रतियोगिता विजेतालाई ठूलो धनराशि थियो । ठूलो मान र पदक पनि थियो ।

प्रतियोगिताको अवधि तोकिएको थिएन । नक्कलीपछि खराब र खराबपछि निकृष्ट सामान साबित गर्न सहभागीहरू उद्यत भए । “निकृष्टम सामान कस्को ?” आयोजकले फेरि प्रश्न सोध्यो ।
सबैले हात उठाए ।

आफ्नो सामानलाई निकृष्टतम र अरुकोलाई निकृष्टतर भनेर कुकुर बिरालो झैँ फेरि जुध्न थाले । निर्णायकहरू रुमल्लिए । त्यस दिनदेखि त्यस बजारमा सक्कली सामान नै हरायो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x