साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासमा छल्याङ

देख्थेँ सेतु यहाँ नयाँ जल बिना चर्को विकासे झरी । काका देख्छु नवीन यी शहरिया काकी रुँदै धर्धरी ॥ कस्तो तन्त्र फलाउँछौ भन तिमी आक्रान्त नेपाल यो । चर्को सुन्छु सुनाउ भाषण सधैं हेर्दैछु बेहाल यो ॥

Nepal Telecom ad

(तस्बिर :- बागलुङमा २ करोडमा बनेको पुल भनेर सञ्जालमा भाइरल)

यस्तो हुन्छ विकास यो मुलुकमा हेर्दा झसङ्गै परेँ ।
थोपो देख्दिन खै यहाँ म जलको एक्लै नदी यो तरेँ ॥
देखेँ शासकका अनेक छल यी दुर्गन्ध छायो बरा ।
बस्ती छैन समीपमा किन यहाँ देखिन्न बारी गरा ॥
१.

भोका दीन गरीबको रगतमा खेलिन्छ होली किन ?
बन्दै शासक बाघ, गिद्ध सरिका ब्वाँसा तिमी नै चिन ॥
कैयौंका पसिना चुसी मुलुकमा सम्भ्रान्त अग्ला बने ।
मेरो शासन कालमा छ रमिता खाल्डो हजारौं खनेँ ॥
२.

पीडामा छ किसान बीउ, मलको चित्कारको रोदन ।
व्यापारी घरको न घाटतिरको बन्दैछ निर्धो झन ॥
देखेँ सेवक राष्ट्रका थिलथिलो साह्रै महङ्गी बढी ।
लावा लस्कर साथमा म त हिंडेँ गाडी महङ्गो चढी ॥
३.

चारैतर्फ थिचोमिचो मुलुकमा यो श्वास चल्दैछ र ।
लाखौंलाख करोडमा मुलुकमा बन्थे यहाँ टावर ॥
घुम्ने मेच घुमाउँदै जब बसेँ देख्दिन केही पर ।
नारा खान्छ र मात्र बाँच्छ जनता गोजी तिमीले भर ॥
४.

देख्थेँ सेतु यहाँ नयाँ जल बिना चर्को विकासे झरी ।
काका देख्छु नवीन यी शहरिया काकी रुँदै धर्धरी ॥
कस्तो तन्त्र फलाउँछौ भन तिमी आक्रान्त नेपाल यो ।
चर्को सुन्छु सुनाउ भाषण सधैं हेर्दैछु बेहाल यो ॥
५.

०००
पाटन २ सिलंगा, बैतडी
पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x