साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केके भयो-भयो

एकताको डोरो आज छिन्न-भिन्न भयो डोरोसँगै छोरो पनि एकोहोरो भयो । ‘गङ्गे’ भन्दै डुबाएर जङ्गे पिलर गयो भाँडभैलो भएपछि के-के भयो-भयो ।

Nepal Telecom ad

यौटा मोटो डोरो थियो भाग-बण्डा भयो
सात भाइ छोरालाई मिल्यो यौटा पयो ।
भिन्नाभिन्नै भए भाइ बने कोही साँढे
एकतामा गाँसिएका भाइलाई भाँडे ।

मोटो डोरो एकैचोटि तोड्न नसकेर
सात पयो बनाउन तम्से यतिखेर ।
जब भयो चिराचिरा डोरो भयो झिनो
खाने भए लुछी-लुछी गिद्धले झैँ सिनो ।

षडयन्त्र हुँदैछ यो डोरो चुँडाउन
एक-एक गरी खान, भाइ लडाउन ।
विदेशीले भित्र्याउने गरेका छन् आँट
स्वाभिमान बचाउने छैन छाँट-काँट ।

यति यौटा कुरो बुझ्ने नेता भए हुन्थ्यो
एकताको डोरो यौटा भए कल्ले छुन्थ्यो ?
एकताको गाँठो हुन्छ सुरक्षामा दरो
यही गाँठोभित्र हाम्रो बसेको छ जरो ।

एकताको डोरो आज छिन्न-भिन्न भयो
डोरोसँगै छोरो पनि एकोहोरो भयो ।
‘गङ्गे’ भन्दै डुबाएर जङ्गे पिलर गयो
भाँडभैलो भएपछि के-के भयो-भयो ।

हुँदै गयो दायाँ र बायाँ
मुलुक नै पारेर दोछायाँ ॥

०००

नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x