साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता दिवसमा कविताको वर्षा

सम्पूर्ण किताब नारायणगढमा जम्मा भएर चितवनका कविहरूले यो दिवस मनाएका हुन् । सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविहरूमध्ये अधिकांशले कविता सुनाएका थिए ।

Nepal Telecom ad

भरतपुर, ७ चैत, ०७९ । चितवनमा विश्व कविता दिवस मनाइएको छ । सम्पूर्ण किताब नारायणगढमा जम्मा भएर चितवनका कविहरूले यो दिवस मनाएका हुन् । सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविहरूमध्ये अधिकांशले कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित नेवारी, आसामी, संस्कृत र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । चितवनमा भने २०६२ सालदेखि विश्व कविता दिवस मनाउन थालिएको अक्षर समूहका पूर्वअध्यक्ष भूपिनले बताए । त्यसपछि अक्षर समूहले नियमितरूपमा हरेक वर्ष मार्च २१ का दिन यो कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ भने पाँच हजार ८४ बर्ष अगाडि मुन्धुममा येहाङ्ले ‘येहाङ खाहुन’ उपदेश, कविता वाचन गरेको पाइन्छ ।

अक्षर समूह चितवन सहित नेपाली लेखक संघ चितवन शाखा र भ्यू चितवनको आयोजनामा गरिएको कविता वाचन कार्यक्रममा पदम अर्याल, किसान प्रेमी, शोभना पौड्याल, डाक्टर हेमनाथ घिमिरे, विद्या भण्डारी चिराग, प्रशंसा पराजुली, विश्व सुवेदी, हेमराज खतिवडा, सिर्जन अविरल, दामोदर पौडेल, बैभवी कुँवर, वसन्त पराजुली, होमनाथ घिमिरे, डा. एकनारायण पौड्याल, उपेन्द्र त्रिपाठी, हरि शर्मा, सरला जोशी, सावित्री गौतम, राजन गौतम, रामहरि श्रेष्ठ, उदय अधिकारी, विपिन पाठक, सिम्रन क्षेत्री, डाक्टर केशवराज चालिसे, भूपिन, ईश्वर कँडेल, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलियालगायतले कविता वाचन गरेका थिए ।

अक्षर समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा गरिएको कार्यक्रमलाई अक्षर समूह तथा नेपाली लेखक संघ चितवन शाखाका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x