साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीड

हो भीड, ठूलो माछाले सानो माछा खान्छ तर सानो भीडले ठूलो भीड खाएको हामीले नै देखेका छौँ, पहिले बल्छिमा तानेको तपाईं आज बल्छीमा राखिन बेचिनुभएको छ ।

Nepal Telecom ad

भीड !
ओ भीड !
भीड महाशय,
आँशु बेच्नेलाई
स्याबासी दिनुहुन्छ ।
हाँसो बेच्नेलाई
लोपार दिनुहुन्छ ।
कहिले समाचारको ’कमेन्ट’ मा
बदमासलाई भगवान बनाउनुहुन्छ,
कहिले सञ्जालको जञ्जालमा
बौद्धिकलाई कुख्यात तुल्याउनुहुन्छ ।

तपाईंमै छ,
चिसैपानीले खुइल्याउन सक्ने ल्याकत
तपाईंमै छ,
तातोपानीले ठिर्राउन सक्ने तागत ।

धेरैचोटी अरूले
तपाईंलाई नै बेचिदिए
तपाईं अनेक नाममा
बेचिन तयार हुनुभो-
एकदिन शिक्षक हुनुभो
ट्युसन पढाएर
घाँटी बेच्नु भो ।

अर्कोदिन पत्रकार बन्नुभो
थुप्रै अखबारमा
समाचार बेच्नुभो ।

झन् अर्कोदिन नेता बन्नुभो
परपर ताली ठोकेर
आफैँलाई बेच्नुभयो ।

हो भीड,
ठूलो माछाले सानो माछा खान्छ तर
सानो भीडले ठूलो भीड खाएको
हामीले नै देखेका छौँ,
पहिले बल्छिमा तानेको तपाईं
आज बल्छीमा राखिन बेचिनुभएको छ ।

भीड सस्तोमस्तो
जस्तो तरिकाले होस्
खुद्रा, थोक जस्तोसुकै होस्
यथाशीघ्र बिक्रीमा छ ।

०००
२०७९ चैत्र ७
विश्व कविता दिवस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x