साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा विश्व कविता दिवस

हेटौंडा-४ भैरवरोडमा खुलेको किताबघरमा साहित्य सर्जक, साहित्यसेवी,  साहित्यप्रेमीहरूको उपस्थितिमा विश्व कविता दिवस मनाइएको छ ।

Nepal Telecom ad

हेटौंडा, चैत्र ७, ०७९ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ लाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेसँगै विश्वभरिका कविता प्रेमीहरूले आज सो दिवस मनाएका छन् । हेटौंडा-४ भैरवरोडमा खुलेको किताबघरमा साहित्य सर्जक, साहित्यसेवी,  साहित्यप्रेमीहरूको उपस्थितिमा विश्व कविता दिवस मनाइएको छ ।

१० कविहरूले १० कविता वाचन गरी सम्पन्न भएको सो कार्यक्रममा अनिता न्यौपाने, उमेश तिमल्सिना, कृतिका लौडारी, शान्ति प्रिययबन्दना, मसान उपासक, समर्पण न्यौपाने, सानु खनाल, सुवास खनाल, सुविज्ञा सुवेदी र स्वस्तिका दाहालले कविता वाचन गर्नुभयो । सबै मानिसले जीवनमा एक पटक कविता लेख्छ तर त्यसलाई निरन्तरता भने कमैले दिने गरेको पाइन्छ भन्दै समीक्षक घनश्याम घिमिरेले साहित्यमा कविता विधाको स्थान, कविता लेखिने विविध कारण तथा कविताका प्राविधिक विषयबारे चर्चा गर्नुभयो । साथै उहाँले कवितामा मूलतः चेतना, चिन्तन र व्यवहार लेखिने हुँदा पढ्नु र पढेका विषयमाथि चिन्तन गर्नु आवश्यक रहेको र लेखिने कवितामा चेतनाको झिल्कोले नै कवितालाई उज्यालो बनाउने बताउनुभयो ।

किताबघर यही फागुन २९ देखि शुभारम्भ गरिएको हो । आजकाल किताबघरमा किताबकै चर्चा चलिरहेको सुन्न पाइन्छ ।

पुस्तक पठनको संस्कारमा जोड दिने किताबघरमा पठन संस्कृतिको विकासको हेतुले स्कूल कलेज बाहेकका राजनीतिक, आर्थिक, धार्मिक, साहित्यिक जस्ता पुस्तकहरूलाई प्राथमिकता दिइएको किताबघरका छवि अनित्यले बताउनु भयो ।

कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सहजीकरण गर्नु भएको हो ।

०००
– हेटौँडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x