साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेर जाला है

आफ्नै थालमा पार्नलाई कुरा नखिपी हुँदैन ठाउँ ठाउँमा गएर झिँगा नटिपी हुँदैन सम्मान पुरस्कार नछोडौँ कुराले नखिपी हुँदैन हाम्रा बाहेक अर्काले खाला है खेर जाला है ।

Nepal Telecom ad

पत्रकार आफ्नै छन्
सम्पादक आफ्नै छन्
लेखक आफ्नै छन्
समीक्षक आफ्नै छन्
कता कसले पुरस्कार थापेका छन्
हाम्रा बाहेक अर्काले खाला है
खेर जाला है ।

राजधानीमा बस्नु पर्छ
कम्मर कस्नु पर्छ
अर्कालाई डस्नु पर्छ
साधु हुँदा आउँछ भने
खरानी घस्नु पर्छ
घुँडा धस्नु पर्छ
किमार्थ अन्त जानु हुँदैन
पुरस्कार हाम्रै मान्छेको झोलामा फस्नु पर्छ
हाम्रा बाहेक अर्काले खाला है
खेर जाला है ।

निणर्ायक आफ्नै पार्नु छ
यताको उता सार्नु छ
पुरस्कारको फल झार्नु छ
उताको यता सार्नु छ
चारै नीति लाएर
पुरस्कार हात पार्नु छ
हाम्रा बाहेक अर्काले खाला है
खेर जाला है ।

आफ्नै थालमा पार्नलाई
कुरा नखिपी हुँदैन
ठाउँ ठाउँमा गएर
झिँगा नटिपी हुँदैन
सम्मान पुरस्कार नछोडौँ
कुराले नखिपी हुँदैन
हाम्रा बाहेक अर्काले खाला है
खेर जाला है ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x