साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष ! तिमी आउँदा

आउँदाखेरि शान्तिसँगै शाली पनि ल्याउनू उत्साह र कान्तिसँगै बाली पनि ल्याउनू । एकताका निम्ति नयाँ डोरा-डोरी ल्याउनू हितकारी धर्म धान्ने छोरा-छोरी ल्याउनू ।

Nepal Telecom ad

अशान्तिले सताएको सातो बोलाउँदै
असिनाले ठटाएको बोट उठाउँदै-
चन्द्र-सूर्य झन्डा उच्च उचालेर आऊ
सादा जीवन, उच्च विचार उकासेर आऊ ।

विकृतिको धरहरा भएको छ खडा
पाखण्डीका पक्षपाती भएका छन् बडा ।
दिन-रात रडाको छ संघीयता माझ
धान्न पनि धौधौ भयो राष्ट्रियता आज ।

अनेकता जताजता, एकता छ बाङ्गो
अभावको पहाड छ, सम्पन्नता नाङ्गो ।
नीतिबिना नेता बने गतिमति हीन
तिमीलाई पर्खिएर बितेको छ दिन ।

नेतालाई नैतिकता घोकाउँदै आऊ
स्वावलम्बी राष्ट्रियता बोकाउँदै आऊ-
हितकारी भावज्योति छिराउँदै आऊ
अत्याचारी, भ्रष्टचारी गिराउँदै आऊ ।

आउँदाखेरि शान्तिसँगै शाली पनि ल्याउनू
उत्साह र कान्तिसँगै बाली पनि ल्याउनू ।
एकताका निम्ति नयाँ डोरा-डोरी ल्याउनू
हितकारी धर्म धान्ने छोरा-छोरी ल्याउनू ।

तिमी आउँदा कोदाली, फाली
ल्याउनुपर्छ विकासे उकाली ॥

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x