साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओई नयाँ वर्ष

बरु यो वर्ष यस्ता बकुम्फुसे क्यालेन्डरलाई डम्पनिङ साइड्मा लगेर फाल बरु सक्छ्यौ भने त्रिशूलीमा लगेर हाल यही कामको लागि तिमीलाई मेरो शुभकामना ।

Nepal Telecom ad

ओई नयाँ वर्ष
जहिले पहिले उही थोत्रो कुरा
नयाँ कुरा खै नयाँ वर्ष ?
संसद हेर्‍यो उही थोत्रो
मन्त्री हेर्‍यो झनै थोत्रो
प्रधानमन्त्री हेर्‍यो महाथोत्रो
नयाँ ब्रान्ड नपाएर हो कि त्यो थोत्रो नै चाहेर हो ?
थोत्रोले नै चलाऊनु पर्ने काम ? कि थोत्रोले मायाप्रिती लाएर हो ?
नयाँ क्यालेन्डर छापे पनि उही पुरानो चित्र आउने
हैन हो नयाँ वर्ष ? नयाँ चित्रले कहिले मौका पाउने ?

यो पाली नयाँ क्यालेन्डर आउँछ कि भन्यो
कहिले ८० वर्षको क्यालेन्डर आउने
कहिले ७० वर्षको क्यालेन्डर आउने
क्यालेन्डरमा आउँदा पनि
चिटिक्क परेको संबृद्धि फोटो आउला भनेको
यत्रो जुँगामुठे बाको तस्बिर आउने !
सुन्दर सुन्दर प्रगतिको फोटो आउला भनेको त
यत्रो नाक्चो गरेको हजुर बा पो आउने !!

हैन नयाँ वर्षले खै के गर्‍या ?
बाटो भरी त्यति च्वाँक च्वाँक उन्नतिहरू छन्
खाली भुत, प्रेत जस्ता तस्बीर मात्र ल्याउने
खै नयाँ वर्ष तिमीलाई कस्तो लाग्छ ?
मलाई यी थोत्रा चित्र पल्टाउँदा पल्टाउँदा
पात्रै नहेरौँ जस्तो लाग्छ
कलमले सारा तस्बीर केरौँ केरौँ जस्तो लाग्छ ।

अब त नयाँ पात्रो आउला सोच्यो
खाली सोच्ने मात्र हुन्छ
उही हजुरबाको पालाको पात्रो आउँछ
जमाना कहाँबाट कहाँ पुगिसक्यो
यो थोत्रो क्यालेन्डरले भुत्रा लछारपाटो लाउँछ ?

भन त नयाँ वर्ष
यो पाली पनि त्यही थोत्रो क्यालेन्डर आउँछ ?
जसले
खाली आश्वासन मात्र ल्याउँछ
गर्न नसक्ने प्रतिबद्धता ल्याउँछ
मिठामिठा सपना मात्र छापेर ल्याउँछ
कुनै सपना पूरा हुँदैनन
अझ भन्छ यो पाली गाई हैन, गोरु नै ब्याउँछ
यो साल एउटा सपना ल्याउँछ
अर्को साल आउँदा अर्कै सपना बोकेर आउँछ
भन त नयाँ वर्ष
यस्तो झुटो क्यालेन्डर छाप्न तिमीलाई सुहाउँछ ?

भो नयाँ वर्ष अब यस्ता क्यालेन्डर चाहिँदैन
बरु यो वर्ष यस्ता बकुम्फुसे क्यालेन्डरलाई
डम्पनिङ साइड्मा लगेर फाल
बरु सक्छ्यौ भने त्रिशूलीमा लगेर हाल
यही कामको लागि तिमीलाई मेरो शुभ कामना ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x