साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता किन सधैँ हार्ने ?

भोट दिएर जिताउँदा नि हार्छौं ! भोट नदिएर हराउँदा नि हार्छौं ! आन्दोलनमा जितेर नि हार्छौ ! आखिर किन ? हामी जनता ! नेताको खुसीमा हार्छौं ! नेताको जीतमा हार्छौं ! सधैँ हार्छौं !

Nepal Telecom ad

तिम्रो लागि हरेक दिन
जीतको उत्सव छ !

तर, हामी हरेक दिन
हारेका छौँ !
मरेर बाँचेका छौँ !

घरमा चुलो बाल्न नसक्दा नि हार्छौं !
अस्पताल नदेखेरै मर्नुपर्दा नि हार्छौं !
बन्द बाकसमा छोरा छोरीहरू स्वदेश भित्रिदा नि हार्छौं !

तिम्रा लागि त हरेक दिन,
जीतको तमासा छ !

तर, हामी हरेक दिन
हारेका छौँ !
आँसु पिएर बाँचेका छौँ !

गाउँ बेसीको बाटो पैह्रिदा नि हार्छौं !
स्कुल भत्किएर लड्दा नि हार्छौं !
खेतको कुलामा पानी नबग्दा नि हार्छौं !
खोला थुनिएर गाउँ बगाउँदा नि हार्छौं !
ऋण तिर्न नसकेर मर्नु पर्दा नि हार्छौं !

तिम्रा अनुहारमा हरेक दिन,
विजयको मुस्कान छ !

तर हामी हरेक दिन
हारेका छौँ !
पीडामा बाँचेका छौँ !

भोट दिएर जिताउँदा नि हार्छौं !
भोट नदिएर हराउँदा नि हार्छौं !
आन्दोलनमा जितेर नि हार्छौ !

आखिर किन ?
हामी जनता !
नेताको खुसीमा हार्छौं !
नेताको जीतमा हार्छौं !
सधैँ हार्छौं !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x