सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जनता किन सधैँ हार्ने ?

भोट दिएर जिताउँदा नि हार्छौं ! भोट नदिएर हराउँदा नि हार्छौं ! आन्दोलनमा जितेर नि हार्छौ ! आखिर किन ? हामी जनता ! नेताको खुसीमा हार्छौं ! नेताको जीतमा हार्छौं ! सधैँ हार्छौं !

Nepal Telecom ad

तिम्रो लागि हरेक दिन
जीतको उत्सव छ !

तर, हामी हरेक दिन
हारेका छौँ !
मरेर बाँचेका छौँ !

घरमा चुलो बाल्न नसक्दा नि हार्छौं !
अस्पताल नदेखेरै मर्नुपर्दा नि हार्छौं !
बन्द बाकसमा छोरा छोरीहरू स्वदेश भित्रिदा नि हार्छौं !

तिम्रा लागि त हरेक दिन,
जीतको तमासा छ !

तर, हामी हरेक दिन
हारेका छौँ !
आँसु पिएर बाँचेका छौँ !

गाउँ बेसीको बाटो पैह्रिदा नि हार्छौं !
स्कुल भत्किएर लड्दा नि हार्छौं !
खेतको कुलामा पानी नबग्दा नि हार्छौं !
खोला थुनिएर गाउँ बगाउँदा नि हार्छौं !
ऋण तिर्न नसकेर मर्नु पर्दा नि हार्छौं !

तिम्रा अनुहारमा हरेक दिन,
विजयको मुस्कान छ !

तर हामी हरेक दिन
हारेका छौँ !
पीडामा बाँचेका छौँ !

भोट दिएर जिताउँदा नि हार्छौं !
भोट नदिएर हराउँदा नि हार्छौं !
आन्दोलनमा जितेर नि हार्छौ !

आखिर किन ?
हामी जनता !
नेताको खुसीमा हार्छौं !
नेताको जीतमा हार्छौं !
सधैँ हार्छौं !

०००
गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
हैट सल्लाहकार जिन्दगी !

हैट सल्लाहकार जिन्दगी !

सुभाषचन्द्र देवकाेटा
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन