सुलसुलेजापानको टोकियोमा साहित्यिक कार्यक्रम सम्पन्न
नेपालको राष्ट्रिय गानबाट शुभारम्भ गरिएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अरुण पौडेलले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

जापान । नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले टोकियोमा एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।
टोकियोमा अवस्थित एभ्रेष्ट इन्टरनेस्नल स्कुलमा सम्पन्न कार्यक्रम ‘काव्यधरामा रङ्गमञ्च तथा ६६ औँ नियमित साहित्य शृङ्खला’ संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत तथा बरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपालको राष्ट्रिय गानबाट शुभारम्भ गरिएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अरुण पौडेलले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
नेपालका रङ्गकर्मीहरू कपिल शर्मा, केदारनाथ पौडेल, तथा दीपेन्द्र पौडेलको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रहेको थियो ।
कार्यक्रममा गृष्मा पौडेल, एरिका सापकोटा, मञ्जु गिरी, प्रकाश सुवेदी, अरुण पैडेल, दीपा घिमिरे, यामा शेरचन लगायत दर्जनौं सर्जकहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।
अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट, बिओटी सदस्य शुषमा ओमाता, अनेसास वालसमिति सदस्य तथा शिक्षक अर्जुन सडौला लगायतले कार्यक्रम सफलताको शुभकामनाका साथै नयाँ वर्ष २०८० को शुभकामना सन्देश व्यक्त गरेका थिए ।
कार्यक्रममा रङ्गकर्मीहरू केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेललाई प्रशंसा पत्रले सम्मान पनि गरिएको थियो ।
संस्थाका सचिव अनिल कुमार निर्दोषको सहजीकरणमा सम्पन्न कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सम्पूणर्मा धन्यवाद व्यक्त गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































