साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

यसरी लेख्दछु आमा, काव्यधारा तिमी बन्यौ अँध्यारो लोकको मार्ग, दीव्य तारा तिमी बन्यौ आमाबाटै सुरु हुन्छ, आमामै अन्त्य हुन्छ त्यो संसारी सृजना शक्ति, आमामय बनिरह्यो ।

Nepal Telecom ad

आमा हुन् जिन्दगी मेरो, आमाको साथमा म छु
जे जस्तो चोटमा ऐय्या !, आमा भनी पुकार्दछु
आमाकै ममता पाइ, फैलिरन्छ चराचर
आमा तुल्य यहाँ कोहि, बन्नसक्ने कहाँ छ र ?

आमा हुन् ज्ञानकी पुञ्ज, उनै हुन् कखरा पनि
सिकेर उनकै भाषा, पूर्ण हुन्छ यो जीवनी
आमाको साथमा बस्न, भाग्यले मात्र पाउँछ
आमाभन्दा मिठो गाना, दुनियाँमा को गाउँछ ?

स्वार्थ जाल पसारेर, आमा भेट्न सकिन्न नि
आमा हुन् दीपको ज्योति, उज्यालो छर्दछिन् पनि
चन्द्रमा जसरी ज्योत्स्ना, अँध्यारोमा खसाउँछ
आमा जस्तो अरु कस्ले, प्रेम बास बसाउँछ ?

आत्म पृय सधैं उन्को बात मिठो सधैंभरि
फुल्दछन् फूलका थुङ्गा, शोभा दिएर बेसरी
प्रेरणाकी उनै धारा, शब्द बिम्ब पनि उनि
आमाको स्नेहको छायाँ, सौदा गर्दैछ बैगुनी ।

पुत्रपुत्री भए घाती, यहाँ भूकम्प चल्दछ
पग्लेर खस्दछ नेत्र, हियो कलेजो जल्दछ
तापनि छन् धेरै स्वाँठ, आमा बिक्री गरिकन
किन्दछन् सुनको थाली, सोहोरी पापको धन ।

सुन्दरी र सुरा पान, डुल्न घुम्न मजा लिन
घाँडो भइन् कतै आमा, नाम खोल्न म सक्दिन
मस्तीमा दम्पति हिंड्छन्, आमा राखी बृद्धाश्रम
तैपनि भन्दिनन् आमा, छोरा छोरी छन् अधम ।

यो सारा सृष्टिको तन्ना, आमाले नै फिंजाउँछिन्
कतै शुष्क भए घाँटी, आमाले नै भिजाउँछिन्
खुवाइ सन्ततीलाई, भोकै बस्ने पनि उनै
उठाइ दुनियाँलाई, आफू खस्ने पनि उनै ।

यसरी लेख्दछु आमा, काव्यधारा तिमी बन्यौ
अँध्यारो लोकको मार्ग, दीव्य तारा तिमी बन्यौ
आमाबाटै सुरु हुन्छ, आमामै अन्त्य हुन्छ त्यो
संसारी सृजना शक्ति, आमामय बनिरह्यो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x