साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह म !

कसैले योसँग नसकिने रहेछ योसँग नलिनु पङ्गा भनेका छन् जसले जे भने पनि मलाई ठूलो बनाएका छन् अनि मलाई पनि ठूलो भएँ भन्ने लागिरहेछ

Nepal Telecom ad

कसैले हिटलर भनेका छन्
कसैले जङ्ग भनेका छन्
कसैले मोदीसँग त
कसैले ‘रअ’ सँग भनेका छन्
कसैले ‘रअ’ कै आदेशमा
गरेको हो संसद भङ्ग भनेका छन्
कसैले बढी जान्ने भयो भनेका छन्
कसैले नभएको ढङ्ग भनेका छन्
कसैले उसको लामो योजना छ
संविधान र धर्म निरपेक्षता
विदेशीकै ईशारामा नाच्दै
छेपाराले फेर्दाझैं फेरेको छ रङ्ग भनेका छन्
कसैले भारतिय दलाल हो यो
उनीहरूकै एउटा अङ्ग भनेका छन्
रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ
महाराज त महाराजै हो नाङ्गो भए पनि
आखिर नाङ्गै भए पनि महाराजलाई
दौरासुरुवाल कस्तो सुहाएको भनेका छन्
बबुरो बनेका छन् जसले
महाराज त नङ्गा भनेका छन्
कसैले योसँग नसकिने रहेछ
योसँग नलिनु पङ्गा भनेका छन्
जसले जे भने पनि मलाई ठूलो बनाएका छन्
अनि मलाई पनि ठूलो भएँ भन्ने लागिरहेछ
त्यसैले वाह म ! वाह म !! वाह म !!!

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x