सुलसुलेसाहित्यकार पोषण पाण्डेको स्मृति दिवसमा कवि भूपिन सम्मानित
साहित्यकार भूपिनलाई उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै ‘पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८०’ ले सम्मानित गर्दै वहाँलाई दोसल्ला ओढाइ प्रमाण पत्र तथा नगद प्रदान गरियो ।

काठमाडौं, ०८० वैशाख ७ । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ३१ औं स्मृति दिवस कार्यक्रम मनाइयो । उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले चितवन निवासी साहित्यकार भूपिनलाई उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै ‘पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८०’ ले सम्मानित गर्दै वहाँलाई दोसल्ला ओढाइ प्रमाण पत्र तथा नगद प्रदान गरियो ।
विशिष्ट सहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको उक्त समारोहलाई सदनका उपाध्यक्ष कणाद महर्षिले स्वागत गर्नुभयो भने समारोहमा प्रमुख वक्ताको रुपमा वरिष्ठ साहित्यकार प्रा.डा. कुमार कोइरालाले साहित्यकार पोषण पाण्डेको कविता र कथा व्यक्तित्व बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
पुरस्कार निणर्य कमिटीको संयोजक रहनुभएका वरिष्ठ साहित्यकार समालोचक प्रा.डा. गोविन्द भट्टराईको मन्तव्यलाई सदनका महासचिब रन्जु पाण्डेले वाचन गरेर सुनाउनु भएको थियो । डाक्टर भट्टराईले आफ्नो मन्तव्यमा नेपाली साहित्यमा आधुनिक कालका अगुवामध्ये एक रहनुभएका साहित्यकार पोषण पाण्डेको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनु भएको थियो ।
डा. भट्टराईले छोटो समयमा नै पोषण पाण्डे जस्तै उत्कृष्ट गद्य र पद्य सृजना गर्न सफल भूपिनको चयनले नयाँ पुस्तालाई प्रेरणा र पोषण पाण्डेको आत्मालाई सन्तुष्टि प्राप्त हुने आफ्नो विश्वास रहेको बताउनुभयो ।
सदनका कोषाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको उक्त समारोहलाई यसै सदनका अध्यक्ष तथा समारोहका सभा-अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































