साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँचो पिंडालु सरी

जात्रा भो दिन रात शासन सँगै आक्रान्त भो देश नै, सत्तामा दस टाउँके रजगजी सिद्रा भयो देश नै, काली नाग भएर डस्न जनमा चढ्दो छ टुप्पो तिर, सत्ताको उपहार पाउँछ भरे पाखो र भित्तो भिर ।

Nepal Telecom ad

खुद्रा थोक समान बेच्न यिनले गाऊँ घुमाए कति
थोत्रा चप्पलमा हिजो फनफनी घुम्दै हिडेछन् अति
चिल्लोकार छ आज जारतिर जो चिन्दैन मान्छे पनि
झुप्रो थ्यो घर त्यो थिए मनहरू खाएर आधा अनि ।

मासे शासन जो थियो घुसघुसे ढालेर सत्ता चुलो
पारे ध्वस्त सबै हिसाब नगरी सत्ता भयो लौ धुलो
हाम्रो पद्धति छैन शासन भरी खाना नयाँ भो यता
पाक्यो बेल खुशी भएन मन यो टिप्नै नसक्ने उता ।

काँढाको बिचमा छ फूल रमिता चोरेर लाने भए
रैतीका दिन खै कतातिर गए सत्ता तमासे भए
मान्छे मार्न सिपालु जो मुलुकमा सत्ता उसैको हरी
देखायो हतियार त्रस्त मन यो काँचो पिडालु सरी ।

भुक्यो श्वान उठेर गाउँतिर गै आए छ बैरी भनि
सिन्को भाँच्न सकेन काम कछुवा बन्दैछ आफू धनी
रोएका जनता सधैँ मुलुकमा हेर्दैन कोही पनि
सुन्दा लाग्छ कतै विकास अहिले झर्दैछ आकाश नि ।

बोलीमा छ मिठास सख्खर चिनी घोलेर खायो कि ता
देखायो सपना उडेर पर गो मान्छे हरायो उता
बारीको बिचमा त राख्न सकिने बन्यो बुख्याँचा सरी
पस्यो गाउँ चुनाव आउँछ भनी त्यो श्वान भुक्दै गरी ।

जात्रा भो दिन रात शासन सँगै आक्रान्त भो देश नै
सत्तामा दस टाउँके रजगजी सिद्रा भयो देश नै
काली नाग भएर डस्न जनमा चढ्दो छ टुप्पो तिर
सत्ताको उपहार पाउँछ भरे पाखो र भित्तो भिर ।

भो भो भो अब भो पुरा हुन गयो तिम्रा इरादा जति
जे जे भो र भयो कुरा सब सुन्यौँ बेकार कुण्ठा अति
साँचो बोल्न हुँदैन भित्र मनले जाक्छन् ति खोर्मा लगी
ईमानी मनभित्र खेद जहिले आत्मा पखाले ठगी ।

०००
त्रियुगा नगरपालिका १० गाईघाट, उदयपुर
सम्पर्क नं ९८५४०२०५१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x