साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्यमानीको निधार ठुलो !

भाग्यमानीको निधार ठुलो होइन रहेछ । निधार त भारी बोक्नेको आफै खुइलेर जाँदोरहेछ । अर्को कुरा आजकल त यो तालु खुइलिनु त बिमार पो रहेछ । म भने निधार सानो भयो भन्दै भाग्य निधारमा खोज्दै रहेछु ।

Nepal Telecom ad

आफ्नो त हुने ठाउँमा पनि नहुने ठाउँमा पनि कपाल भएर होला भाग्य नै मेटेको छ कि जस्तो लाग्छ । हुनेलाई जहाँ त्यहीँ नहुनेलाई कतै न कतै भने जस्तो भएको छ यो जाबो लुरे जिन्दगी । भाग्यमा भए पो हानेको तीर पनि सहि निशानमा लाग्छ । जता हाने पनि ढुक्क छ आखिर निशान चुकेपछि के नि पो मतलब भयो र !

भाग्य पनि लिएर आउनु पर्दोरहेछ । चियावाला पनि देशको राजनेता हुन्छ भन्ने प्रमाण त मैले निधार देखाएर भनिरहनु पर्दैन होला । कुर्सी खोसेर नेता हुँदैन भन्ने प्रमाण फेरि ठ्याक्कै हाम्रो दार्जिलिङतिर छ यो पनि निधार नै सानू भएर त होइन होला ?

‘भाग्यमानीको भुत नै कमारो’ भने जस्तै म खरानी धसेको चन्डाल बाबा पनि होइन जसले भुतबाट काम लिएर मुनाफा कमाउने । जादु गरेर एकैदिनमा भाग्य उलुटपुलुट बनाउनु मन नभएको होइन तर यति जाँगर पनि छैन कि मन्त्र रटेर सय प्रतिशत परीक्षामा ल्याउने । आखिर रटेको विद्या कति दिन चल्छ होला र ? भाग्यमा नभएर त होला एउटा मन्त्र सिक्नु पनि अल्छी लागेर आउँछ । अल्छी पनि यति साह्रो लाग्छ कि देशमा यदि अल्छीको प्रतियोगिता भयो भने प्रथम चै मै हुन्छु होला तर पुरस्कार लिनु दिल्लीको जाने भनेर प्रतियोगितामा भाग नै पो लिँदिन त । अल्छीको पुरस्कारसम्म लिनु नसक्नेको कतै भाग्यमा पो दोष छ कि जस्तो लाग्छ । फेरि भाग्यमानीको निधार नै ठुलो भनेर हाम्रो पुर्खाले हावामा उखान वा तुक्का त बनाएनन् होला ! आज विज्ञानको चरम युगामा निधारले भाग्यको निर्धारण त गर्छ जस्तो लाग्दैन तर पनि भाग्यको कुरा आउँदा कताकता ज्योतिष शास्त्रमा पनि विश्वास नगरी बस्नु सकिँदैन ।

‘भाग्यमा हुनु पनि दिन राम्रो हुनूपर्छ’ हुनु त सबैको लागि २४ घण्टा नै हुन्छ । सूर्य, चन्द्र, हावा, पानी सबै नै बराबर लाग्छ वा चल्छ तर कसैको भाग्य डुबेर हिलो हिलो हुन्छ भने कसैको भाग्य चम्केर हिरो हिरो हुन्छ । अब हिरो हुने रहर ममा नभएको चै होइन तर दिल्ली जाने वा काठमाडौं छिर्नु अल्छी लागेपछि कसको बाउको के लाग्छ र.. ! भोजपुरीतिर जाने रहर थियो तर निधार भरि कपाल भएपछि भाग्यलाई नै दोष दिनु सिवाय मेरोमा कुनै विकल्प नै रहेन । भाग्यमानी भए पो तालु खुइले हुन्थे होला ? भाग्यमा आफै आएको भनेको यो जुँगा दाह्री हो त्यो पनि न भाडामा लगाउनु मिल्छ न पसलमा बेच्नु मिल्छ । नाथेलाई तास्नु पनि आजकल हजामले दिनदिनै ४० रुपियाँ लान्छ । भाग्यमा नभएपछि दाह्री जुँगाले पनि धोका दिँदोरहेछ भने कुरा अहिले आएर बल्ल बुझेँ ।

खै भाग्य पनि कस्तो कस्तो ! अरूले मरेको लाशबाट पनि कमाउँछन् आफू त जिउँदो भएर पनि कमाउनु सकेको छैन । आजकल त आफैंलाई जिउँदो तर मरेको लास नै सोच्ने भएको छु । सायद मभित्र एउटा जिउँदो मान्छे खडा छ जसमा मैले स्वार्थ बोक्ने भाडा भिरेको छुइन । जसमा मैले मानवताको पाठ आमाको गर्वबाट सिकेर आएँ । मलाई कुनै विश्वविद्यालयले यस्तो पाठ सिकाउनु सकेन जहाँ दुखमा हाँस्नु होइन समवेदना दिनु सिकायो । आज होडबाजीको युगमा प्रतिस्पर्धा केमा जित्नु सकिन्छ भनेर कसैले सोधे म झट्ट भन्ने थिएँ छेउमा भएको सित मिठो बोल्नु होस्, छेउमा कसैलाई भेटे मुसुक्क हाँस्नु होस् । यो गर्नु सक्नु भयो भने तपाईंको स्कोप धेरै हुन्छ, तपाईं आफै विजय हुनुहुन्छ भनेर के भाषण दिनु खोज्दै थिएँ ठ्याक्कै नेताले भाषण दिनु आँट्दा माइक्रोफोन खराब भए जस्तै मेरो मनले कता सोचिपठायो, आखिर भाग्यमा भए पो भाषण दिनु मिल्छ ।

अभागीलाई त मनमनै भाषण दिनु पनि नमिल्ने रहेछ । जताबाट पनि ठगिनु नै भाग्यमा रहेछ । अरू त अरू राती देखेको सपनामा पनि जहिले अरूले ठगेको देख्छु । आफू सोझो होइन छोरा अलिक वन काँडा बनिनू भनेर भन्छु छोराले तिमी त लाटा छौ बाउ भन्छ । हुनु पनि यो धर्तीमा सोझा सिधाको काम छैन । सोझो रुख चाँडो काटिन्छ । आखिर म बाङ्गो भएर उम्रनु पनि त जानिनँ ।

भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर पनि हुँदैन । यस्तो बगमफुसे को पो छ होला र ? डोकोमा दूध दुहुने ? तर यस्तै बगमफुस हामी छौँ जहाँ नहुने कुरामा पनि मज्जाले ध्यान दिएर सुन्छौं । अब नसुन्नु पनि किन र ? सुनाउने मान्छे सही भए पो सुन्ने पनि सही हुन्छ । जे भन्दा पनि छानबिन नगरी भेंडा जस्तै उसको पछि लाग्नु नै हाम्रो भाग्यमा ठुलो चोट लागेको छ जसलाई मेटाउनुको निम्ति हामी दिनदिनै खाल्डोमा जाकिने भएका छौं । सुन्छौं, देख्छौं, बुझ्छौं र पनि हामी अन्धोभक्त भएर लठुवाहरूको पछि पछि कुद्छौं ।

बुद्धिजीवी छन् तर बुद्धि छैन । पढालिखा छन तर जगामा छैन । आँट छ तर शक्तिहीन छौं । सिधै भन्नुपर्दा हामी जता, जहाँ पनि संसारको कुनामा छौं हामीभित्र एकता छैन । एकताको पाठ हामीले दाउराको कथामा नै सुन्यौं बुझ्यौं तर जीवनमा यस कथालाई कहिले प्रयोग ल्याउनु सिकेनौं ।

हाम्रो भाग्यमा बारबार चोट दिने को त ? मन्थन गर्दै जाँदा हामी आफैं रहेछौं । मकै छरेर धानको अपेक्षा गर्नु भएन । मकैको बोटमा मकै नै फल्छ । मकै छरेर धान खोज्दा भाग्यलाई दोष दिएर हुन्छ र ? निधारमा जब जब पसिना आउँछ नि तब भाग्य पनि खोलाले जस्तै बगाएको छ कि जस्तो लाग्छ । तर हामी त पहाडमा बस्ने जातिको उति पसिना नआउनु पर्ने तर पसिना बगाउनु आउने तलका भैयाहरूलाई भाग्य दिएर साटेको छौं कि जस्तो पो लाग्छ । हामी रमिता हेर्छौं उनीहरू काम गर्छन् । हामी बात गर्छौंं उनीहरू मेहनत गर्छन् । हामी सल्लाह मिलाउछौं उनीहरू एक्लै आँट्छन् । हामी खरायो चालमा हिँड्नु खोज्छौं उनीहरू बिस्तारै कछुवा चालमा गन्तव्य पार गर्छन् ।

कत्रो कुरा गरिदिएँ नि मैले ? धन्न कुरा गर्नुमा पैसा लाग्दैन र मात्रै नभा कुरा गर्दागर्दै म कंगाल हुने थिएँ होला । आखिर निधार ठुलो भएको भए पो बिजनेस वा कमाउने कुरा गर्नु, अब निधार सानो भएपछि यस्तै थाङ्ने कुरा त गर्नु पर्दोरहेछ नि ।

भाग्यमा छ भन्दैमा जनसंख्या वृद्धिमा हात बढाउनु मात्रै भएन । कति बुझाउँदा पनि नबुझ्नेलाई के थाहा ! जनसंख्या वृद्धि गरेर मात्रै आजको युगमा हुँदैन । जन्मेकालाई शिक्षादीक्षा दिनुपर्छ । पढाउनु बढाउनु पर्छ । तिम्रो पो ढिकुटी भरि छ माइकमा जे भन्दा पनि हुन्छ । हामी जस्तो मध्यम वर्गलाई त सोच्नुपर्छ ।

वास्तविक कुरा गर्दै जाँदा कुरा अनि कुलो जता लगे पनि जान्छ । कुरा गरे कुराको दुख । कुलो लगे बाढीको दुख । एकदिन कुरा नमिले झगडा हुन्छ कुलो बढे बाढी चल्छ । यसो पल्टाइ पुल्टाई परेर हेर्दा भाग्यमानीको निधार ठुलो होइन रहेछ । निधार त भारी बोक्नेको आफै खुइलेर जाँदोरहेछ । अर्को कुरा आजकल त यो तालु खुइलिनु त बिमार पो रहेछ । म भने निधार सानो भयो भन्दै भाग्य निधारमा खोज्दै रहेछु ।

वास्तविकता त निधारमा भाग्य होइन, कडा परिश्रम, लगन, अनि मेहनतमा भाग्य हुँदोरहेछ ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x