साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियमित मासिक रचना वाचन सम्पन्न

प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचन गर्ने पूर्व निणर्य अनुसार यो रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

उदयपुर, गाईघाट ०८० वैशाख ३० । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखा उदयपुर र उदयपुर साहित्य कला प्रतिष्ठानले फरक फरक समयमा मासिक रचना सम्पन्न गरेका छन् । प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचन गर्ने पूर्व निणर्य अनुसार यो रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल निजामति कर्मचारी संगठनको सभाकक्षमा भएको सो कार्यक्रममा प्रलेस उदयपुरले र उदयपुर साहित्य कला प्रतिष्ठानले कार्ययोजना बनाएर संघीय तथा प्रदेश सभाका सदस्य तथा जिल्लाका नगर र गाउँपालिका समक्ष पेश गर्ने, स्रष्टा सम्मानकालागि कार्यविधि बनाउने निणर्य समेत गरेको छ ।

यसैगरी दुबै संस्थाको बैठकले विभिन्न साहित्यिक संस्थाहरूसँग मिलेर कार्यक्रम गर्ने, साहित्यिक पर्यटन यात्राका लागि आवश्यक प्रक्रिया अघि बढाउने, प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा गोष्ठी कार्यशाला तथा विभिन्न प्रशिक्षण हायोजना गर्ने र साहित्यिक पत्रिका तथा पुस्तक विमोचन गर्ने निणर्य गरेको छ ।

प्रलेसको बैठक उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको थियो भने उदयपुर साहित्य कला प्रतिष्ठानको बैठक डा.कैलाश कुमार राईको अध्यक्षतामा भएको थियो ।
बैठकपछि प्रलेसले रचना वाचन कार्यक्रम गरेको थियो भने प्रलेस बैठकमा सहभागी स्रष्टाहरूले उदयपुर साहित्य कला प्रतिष्ठानको बैठक पछिको रचना वाचन कार्यक्रममा सहभागीता जनाएर रचना वाचन गरेका थिए ।

सो कार्यक्रममा हिमालय पौडेल, विष्णु बहादुर खड्का, कीर्ति बहादुर खड्का, कुमार कोइराला, महेन्द्रकुमार राई, खिला घिमिरे बुँइपाखिरी, हर्क नारायण श्रेष्ठले रचना वाचन गरेका थिए । यस्तै बोध कुमार घिमिरे, फडिन्द्र विश्वकर्मा, हरिशरण खतिवडा, शारदाप्रसाद भट्टराई, श्यामकणर् राई, माधव पोखरेल गोज्याङ्ग्रे, सरिता पौडेल गुरागाई, गङ्गा पहाडी ढकाल, सम्झना असफल, अनिल घिमिरे, डा.कैलाशकुमार राई, पावलपन्थ प्रेरित राई, चन्दनारायण चौधरी लगायतका स्रष्टाहरूले आआफ्ना रचना सुनाएका थिए ।

०००
-पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x