सुलसुलेकवि न्यौपानेको नेतृत्वमा सुसेली मञ्च गठन
तदर्थ समितिको उपसंयोजक तेजकृष्ण श्रेष्ठ, सचिव डिल्लीप्रसाद मूलतिहुन, सहसचिव विश्वनाथ ढुङ्गेल, कोषाध्यक्ष बि.के. माकःजू, सहकोषाध्यक्ष छन्दविज्ञान निरौला रहनु भएको छ ।

भक्तपुर, ०८० वैशाख ३० । भक्तपुर च्वङ्गा गणेश रानीपोखरीमा बसेको भक्तपुरका साहित्यकारहरूको भेलाले भक्तपुर सुसेली मञ्च तदर्थ समिति गठन गरेको छ ।
कवि रामशरण न्यौपानेको संयोजकत्वमा गठित तदर्थ समितिको उपसंयोजक तेजकृष्ण श्रेष्ठ, सचिव डिल्लीप्रसाद मूलतिहुन, सहसचिव विश्वनाथ ढुङ्गेल, कोषाध्यक्ष बि.के. माकःजू, सहकोषाध्यक्ष छन्दविज्ञान निरौला रहनु भएको छ ।
त्यसै गरी सदस्यहरूमा सावित्री गेलाल, सालिकराम दाहाल, सदस्य ॐ नरहरि श्रेष्ठ, श्याम माकःजू र मैया सुर्खेती रहनुभएको छ ।
भेलाले नव गठित तदर्थ समितिलाई विधान मस्यौदाको कार्य गरि संस्था दर्ता प्रकिृया सुसेली गोष्ठी सञ्चालन गर्ने, राष्ट्रिय सुसेली मञ्चसँग आवश्यक सरसल्लाह लिनेदिने लगायतका जिम्मेवारी दिने सर्वसम्मत निणर्य पनि गरेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































