साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात अभिनव स्मृति पुरस्कार अर्पण र कवि गोष्ठी

कार्यक्रममा देविका तिमल्सिनाले पारिजातको विषयमा संक्षिप्त जानकारीयुक्त मन्तव्य दिनु भयो भने सम्मानित तथा पुरस्कृत व्यक्तित्वको विषयमा अम्रिता पोखरेलले चिनारी दिनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ३० । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकणर्ेश्वर न.पा. काठमाडौंमा ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा पारिजात अभिनव स्मृति पुरस्कार अर्पण तथा २५५ औँ शृङ्खलाविशेष कवि गोष्ठी सम्पन्न भएको छ ।

समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य, शीतल गिरी, कुष्ण सुवेदी, देविका तिमल्सिना र अम्रिता पोखरेल अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा देविका तिमल्सिनाले पारिजातको विषयमा संक्षिप्त जानकारीयुक्त मन्तव्य दिनु भयो भने सम्मानित तथा पुरस्कृत व्यक्तित्वको विषयमा अम्रिता पोखरेलले चिनारी दिनु भएको थियो ।

शारदा पराजुलीको उद्घोषण, सुमन पुडासैनीको स्वागत मन्तव्य, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिबाट धन्यवाद ज्ञापन र परशुराम पराजुलीको समीक्षात्मक मन्तव्य रहेको थियो ।

कार्यक्रममासुधा त्रिपाठीलाई पारिजात पुरस्कार २०८० बाट केही नगदसहित सम्मान अर्पण गरिएको थियो । कवि गोष्ठीमा सहभागी हुने मध्ये निर्मलरमण पराजुली, बद्रीप्रसाद सुवेदी र सीताराम पोखरेल तथा जानुका भट्टराई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागी कवि/कवयित्रीहरूमा सुशील आचार्य, गङ्गाप्रसाद भेटवाल, पवन सङ्ग्रौला, भाग्यशाली अधिकारी, सुरेशचन्द्र घिमिरे, अच्युत पौडेल चिन्तन, ओमप्रसाद कोइराला, कालिका तिमल्सिना, प्रदीपरत्न शाक्य, डिल्लीराज अर्याल, खोलाघरे साइँलो, अहता शर्मा, सङ्गीता ढुङ्गाना, रञ्जु दाहाल, यदुनाथ वसन्तपुरे, द्वारिका कुइँकेल, गोपाल कृष्ण रिजाल, एल.जी. विवश, माया विष्ट र निर्मला भट्टराईलगायत चालिसजना रहनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x