साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी ग्वाँचे

देश चुर्लुम्म डुबाएपछि उनीहरू अहिले नारा लगाउँदै छन् होस गुमाएछन् क्यारे आफैंलाई कुरीकुरी भन्दैछन् हामीजस्ता ग्वाँचे पाएपछि हाम्रो सपना बेचेर उनीहरू सत्ताको सातु मुक्याइरहेछन् ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

हामीहरू यस्ता स्वादे भएका छौँ
धेरै सस्ता ग्वाँचे भएका छौँ
जसले पनि बेचिदिन सक्छ हामीलाई
आफू आफैँमा बेबारिसे भएका छौँ
हामीलाई बेचेर उनीहरू चुनाव लडे
हामीलाई बेचेर उनीहरू विदेश सयर गरे
कतिले
श्रीमतीलाई समानुपातिक सिट किने
कतिले मन्त्री पद बढाबढमा बेचे
आफैं अगुवा भएपछि
हगुवा भनेर तिमीलाई बेचे
मलाई बेचे
प्रत्येक दिन हाम्रो श्वास बिक्री भइरहेछ
हाम्रो बास र आश बिक्री भइरहेछ
हामी बेचेर हात खाली हुँदा पनि
खुसी छौँ
हामी किनेर हात खाली हुँदा पनि
खुसी छौँ
हामीजस्ता ग्राहक पाएपछि
उनीहरूको तालुमा आलु फलेको छ
कमिसनको आकार बढेको छ
कात्रोमा गोजी थपेर
यमलोकको बाटो रोज्दै छन्
देश चुर्लुम्म डुबाएपछि
उनीहरू अहिले नारा लगाउँदै छन्
होस गुमाएछन् क्यारे
आफैंलाई कुरीकुरी भन्दैछन्
हामीजस्ता ग्वाँचे पाएपछि
हाम्रो सपना बेचेर
उनीहरू सत्ताको सातु मुक्याइरहेछन् ।

०००
सम्पर्कः- ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x