साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही उखानका बखान

पशुपतिनाथको जलहरी कसले कुन उद्धेश्यले कमसल बनायो त्यसको लेखाजोखा प्रभुबाट हुँदै होला नै । देर होस् केही छैन तर अन्धेर चाहिँ नहोस् प्रभु !!

Nepal Telecom ad

अशोककुमार शिवा :

नेपाली समाजमा एउटा उखान छ, “सोझो औलाले घ्यु आउँदैन ।” पूर्खाले उखान त त्यसै बनाएका होइनन् । हरेक उखानका शब्द, वाक्य र हरफहरूमा अर्थ, सन्देश र ज्ञान लुकेको हुन्छ । त्यसैले कतिपय मानिस आफूलाई अब्वल दर्जाको ज्ञानी देखाउन हरेक पटकको बोलाईमा उखानको प्रविष्टी गराउँछन् । भन्नेलाई पनि रमाईलो अनि सुन्नेलाई त झनै रमाईलो ।

“लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ ।” यो अर्को घतलाग्दो उखान छ । लाटो त्यसै लोझो सिधा हुन्छ । ऊ हिंड्दा पनि जानेर संयमित त होइन तर लाटोपनले स्वयम श्रृजित संयमताका साथ हिंड्ने हुनाले ऊ हत्तपत्त लड्दैन । लडिहाले पनि अनेक बल्ड्याङ खाने गरी लड्दैन । लाटो लडिहाल्यो भने एक बल्ड्याङ खाना साथ उठ्छ । तर, बाठो हिंड्दा हिडाईमा पनि बठ्ठ्याईं पारी पारी हिंड्छ, त्यसैले ऊ कहिं न कहिं लडेकै हुन्छ । बाठो जब लड्छ ऊ उठ्न पनि बठ्याईं पार्न थाल्छ र बठ्याईंको कारण थामिन नसकेर पुनः अर्को बल्ड्यांङ लड्छ । यसरी कम्तीमा तीन बल्ड्याङ नखाई बाठो लडेर उठ्दैन ।

“जो चोर उसैको ठूलो स्वर ।” यो अर्को गज्जबको उखान । यो उखान स्यालको आनिबानीसँग मिल्दो छ । एकाछेउमा बसेर हुईयँ… दियो अर्कोतिरबाट कुखुरा चोर्‍यो हिंड्यो । स्यालको यस्तो बानी भएर मात्रै यो उखान बनाएको त पक्कै होइन । यहाँका चोर प्रवृत्तिका मान्छेको स्वर झनै ठूलो हुन्छ । ठूल्ठूलो स्वरमा चोरको घुराईमा करायो अनि आफै अर्कोतिरबाट चोर्‍यो । भ्रष्टाचारीलाई भ्रष्टाचार बिरुद्ध ठूलो ठूलो स्वरमा कराएर बोल्न आउँछ । यो भ्रष्टाचार बिरुद्ध सून्य सहनशील छ भन्ने भान पार्‍यो भित्रभित्रै ठूलाठूला काण्ड घान पार्छ ।

“नमच्चिने पिङको सय झट्का ।” पिंग नामले नै हल्लिने, झड्किने र मच्चिने चिज हो भन्ने बुझिन्छ । पिङ जसरी सुकै बनाईए पनि उद्धेश्य चाहिँ मच्चिन्छ भनेर नै बनाइएको हुन्छ । कहिले कहिँ पिङमा प्रयोग हुने डोरी नमिल्दा पिङ नमच्चिन सक्छ । त्यो त पिङको दोष त होइन । बनाउने मान्छेले ठिक लेखाजोखा बेगर बनाएपछि के गरोस् त पिङले । त्यसैले यसरी बनेको पिङ मच्चाउन खोज्दा झट्का बढी हुन्छ नै । झड्का नहानेर पिङ मच्चिन्न पनि । मच्चाउनलाई झड्का दिनु जरुरी पर्छ । २/४ झड्कामा मच्चियो भने पिङ ठिकै हुन्छ तर सयौं झड्का हान्दा पनि मच्चिँदैन भने यो उखान सान्दर्भिक हुन्छ ।

सोझो औँलाले घ्यु ननिस्कने कुरामा केही थप्ने बिचार आयो । घ्यू राख्ने हर्पेको मुख सानो हुन्छ । सानो मुख भएकोले सिंगै हात छिर्ने कुरा आएन, त्यसमा औलाकै काम आउँछ । औँला सोझो पारेर हर्पेमा छिराउनु पर्छ, बाङ्गो औँला हर्पेमा छिर्दैन । औला छिराएर सोझै निकाल्दा औँला त घ्यूमा भिजेर निस्केला तर घ्युको मनोवान्छित अंश त बाहिर आउँदैन । फेरि धेरै बाङ्गो बनाएर औँला बाहिर निकाल्न खोज्दा पनि हर्पेबाट औँला बाहिर आउँदैन । त्यसैले हर्पेको घ्यू औलाले झिक्न सिपालु मान्छे मात्रै सक्दछ । कि त उसको औँला बाङ्गै हुनुपर्छ । बाङ्गो औँलैले पनि घ्यू चोर भन्लान् भनेर सधैं औँला लुकाउने नाकाम प्रयास गरिरहेकै हुन्छ ।

“भगवान सबका भला करेगा ।” हिन्दी भाषाको उखान हो यो । साँच्चै भगवानले सबैको भलो चिताएकै हुन्छ होला । त्यसैले यो उखान बन्यो । फेरि भगवानले कसैलाई कुनै अपराधमा सजाय नै गर्ने बिचार गर्नुभयो भने पनि धेरै ढिलो गरी नेपालको न्यायपद्धती झैं गरी गर्ने प्रचलन छ । न्यायालयले भगवानको सिको गरेको हो कि भगवानले न्यायालयको सिको गरेको हो त्यो भुक्तभोगीहरूलाई थाहा होला । “भगवान के यहाँ देर है अन्धेर नही है ।” भगवानले ढिला गरी भए पनि न्याय नै दिनुहुन्छ अन्याय हुँदैन भन्ने नै यसको मूल आशय हो । पशुपतिनाथको जलहरी कसले कुन उद्धेश्यले कमसल बनायो त्यसको लेखाजोखा प्रभुबाट हुँदै होला नै । देर होस् केही छैन तर अन्धेर चाहिँ नहोस् प्रभु !!

०००
गल्कोपाखा, काठमाडौं
२०८०/०२/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x