साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रले

बाल्यो के ज्योति आशाको डढेलोले जलाइद्यो ओखती नाउँ जोडेर घाउमा नुन लाइद्यो । के जोख्थ्यो सर्वहाराको भुँडी विज्ञान यन्त्रले नेपाली जनता साँच्चै के नाप्यो गणतन्त्रले ?

Nepal Telecom ad

प्रभास घिमिरे :

दाजुभाइ जुधाएर रेफ्री बन्दै मजासित
महाभारत मच्चायो पासा पल्ट्यो उसैसित ।
पल्केको छ ठुलै बोक्सी सक्छ के बाँध्न मन्त्रले
नेपाली जनता साँच्चै के नाप्यो गणतन्त्रले ?॥

नामसारी भयो लाठी भैंसी त्यो उसकै भयो
संस्कृतिको बगैंचामा भमरो कसरी गयो ?
समृद्ध सपना बेच्यो छिमेकीको षड्यन्त्रले
नेपाली जनता साँच्चै के नाप्यो गणतन्त्रले ?॥

बाल्यो के ज्योति आशाको डढेलोले जलाइद्यो
ओखती नाउँ जोडेर घाउमा नुन लाइद्यो ।
के जोख्थ्यो सर्वहाराको भुँडी विज्ञान यन्त्रले
नेपाली जनता साँच्चै के नाप्यो गणतन्त्रले ? ॥

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँदर

बाँदर

प्रभास घिमिरे
चम्चा

चम्चा

प्रभास घिमिरे
यसपालिको देउसिरे

यसपालिको देउसिरे

प्रभास घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x