प्रभास घिमिरेप्यारोडी : जयभ्रष्टेश्वरको….
भ्रष्टेश्वर यो सबको प्यारो हो नाम कालो धन सेतो पार्ने तिम्रै हो काम जय भ्रष्टेश्वरको......

प्रभास घिमिरे :
(आरतीको लयमा)
ॐ जय भ्रष्टेश्वरको प्रभु जय भ्रष्टेश्वरको
राजा गुण्डा चोरको जय भ्रष्टेश्वरको
जय भ्रष्टेश्वरको……
तिम्रो पेट नभरिदैँ केको पुल बन्थ्यो-
कमिसन नखाई, बाटो को खन्थ्यो
जय भ्रष्टेश्वरको……
बस्छौ सुनको घरमा सेवक छन् नाना
मन्त्रालयमा कसरी बाँड्छौ रे दाना
जय भ्रष्टेश्वरको……
वाहन चिल्ला गाडी एम् सी सी धारी
महङ्गी सेवक प्रभुको जनतामा भो भारी
जय भ्रष्टेश्वरको……
तिम्रो दर्शन नगरि ठेकदार कहाँ बन्छ
थोरै भेटी चढाए नागरिकता छिटो बन्छ
जय भ्रष्टेश्वरको……
व्यापक कार्यालयमा भित्रै छन् पुजारी
रौसीको धुपबाली नोटको रखवाली
जय भ्रष्टेश्वरको……
जेल तिम्रै ससुराली मामा हो पुलिस
मारे सोझा जनता को गर्छन् जुलुस
जय भ्रष्टेश्वरको……
भ्रष्टेश्वर यो सबको प्यारो हो नाम
कालो धन सेतो पार्ने तिम्रै हो काम
जय भ्रष्टेश्वरको……
भ्रष्टेश्वरको आरती जो मनुवा गाउँछ
मनोवाञ्चित त्यो मनोरथ पक्का ऊ पाउँछ ।
जय भ्रष्टेश्वरको……
०००
हेटौंडा
Subscribe
Login
0 Comments
Oldest





































