साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर

गर्छ भेला सयौँ सेना एक्लो ऊ बन्छ नायक, रामको भक्त हूँ भन्दै चोर्छ जे हुन्छ पायक। यही बाँदरले गर्दा भताभुङ्ग भयो घर, आफै मन्त्री सिपाही भै राज गर्दछ बाँदर ॥

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा द्वितीय पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला ।  -प्रधान सम्पादक)

कालोपाटी समाएर गर्छ सिद्धान्तका कुरा
खाडी लाग छिटो भन्दै उचाल्दो छ सबै भुरा ।
चिथोर्छ सपना जम्मै मान्छे भैदिन्छ काँतर
रेमिटेन्स थुपारेर राज गर्दछ बाँदर ॥१॥

हान्छ झापड सोझामा महङ्गीले सताँउछ
गर्छ भेला कयौं चेला आफ्नै अस्तित्व गाँउछ ।
आफ्नो काम कहाँ गर्थे पाल्छन् नोकरचाकर
मेरो संसार हो भन्दै राजगर्दछ बाँदर ॥२॥

मुकुण्डो भिर्छ जोगीको दुवै हात फिजाँउछ
विदेशी दक्षिणा माग्दै मुन्टो आफ्नो झुकाउँछ ।
स्वाभिमान लतारेर आगो झोस्छ स्वयं घर
सपनाको कुवा खन्दै राज गर्दछ बाँदर ॥३॥

गर्छ भेला सयौँ सेना एक्लो ऊ बन्छ नायक
रामको भक्त हूँ भन्दै चोर्छ जे हुन्छ पायक।
यही बाँदरले गर्दा भताभुङ्ग भयो घर
आफै मन्त्री सिपाही भै राज गर्द छ बाँदर ॥४॥

खैरे लङ्गुरको नीति आँखा चिम्लेर पास भो
अर्कैले सुन्दरी लग्दा ढेडुको उठिबास भो ।
यस्तो बाँदरको होला ओखती खै कतातिर
नेता झै सानले आज राज गर्दछ बाँदर ॥५॥

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
चम्चा

चम्चा

प्रभास घिमिरे
यसपालिको देउसिरे

यसपालिको देउसिरे

प्रभास घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x