साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल महोत्सवमा विपिन, मुना र प्रज्ज्वलका गजल पुरस्कृत

प्रतियोतिामा प्राप्त ४५६ वटा गजलबाट ४१ जना वाचनको लागि छनौट भएकोमा सबैलाई उछिनेर विपिन सिजापति प्रथम भई रु. ६० हजार प्राप्त गरे । मुना बोहोरा दोस्रो भई रु.४० हजार प्राप्त गरिन्, यसैगरी प्रज्ज्वल अधिकारी तेस्रो भई ३० हजार प्राप्त गरे ।

Nepal Telecom ad

काठमाडौं, ०८० बैशाख २३ । गोकर्णेश्वर नगरपालिकाले आरुबारी काठमाडौँमा प्रतियोगितात्मक गजल महोत्सव भव्य आयोजना गरी सम्पन्न गरेको छ ।

प्रतियोतिामा प्राप्त ४५६ वटा गजलबाट ४१ जना वाचनको लागि छनौट भएकोमा सबैलाई उछिनेर विपिन सिजापति प्रथम भई रु. ६० हजार प्राप्त गरे । मुना बोहोरा दोस्रो भई रु.४० हजार प्राप्त गरिन्, यसैगरी प्रज्ज्वल अधिकारी तेस्रो भई ३० हजार प्राप्त गरे ।

यसैगरी भिजन गुरागाइँ, जगतबहादुर खड्का, लक्ष्मण दाहाल, संयोग बस्याल र प्रकाश समीरले नगद २० हजारसहित सान्त्वना प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रमुख अतिथि निर्देशक एवम् वरिष्ठ गीतकार यादव खरेल, नगर प्रमुख दीपककुमार रिसाल, पूर्व सांसद रामेश्वर फुयालले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

अन्तिम चरणमा पुगी वाचन गर्ने गजलकारहरूलाई बाटो खर्च नगद रू ३००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा निणर्ायकहरू प्रभाती किरण, करुण थापा र घनेन्द्र ओझा रहेका थिए । प्रभाती किरणले वाचित गजलबारे टिप्पणी सहित छनोटका आधारबारे बोलेका थिए ।

कार्यक्रममा गजलकारहरू ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, रवि प्रान्जल, शान्ति शर्मा, गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख बैकुण्ठ सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणि शर्मा, पूर्व बागमती प्रदेश सदस्य रामेश्वर फुयाल आदि उपस्थित कार्यक्रम अत्यन्तै भव्य भएको थियो ।

कार्यक्रम संयोजक गोविन्द घिमिरे वेदमणि रहनु भएको कार्यक्रममा विजय चालिसे, गंगा अधिकारी, खोलाघरे साइलो, विमल अर्याल लगायतको उपस्थिति रहेकोे थियो ।

अतिथि गजलकार बाबू त्रिपाठी, शान्ति शर्मा, मेनका आचार्य पोखरेल, सुदिपकुमार ढुंगाना, भवानी अर्याल, शारदा पराजुली आदिले गजल वाचन गरेका थिए ।

महोत्सवमा नेपाल र नेपाल बाहिरका गजलकारहरूबाट पनि भाग लिइएको जानकारी गराइएको थियो । पुरस्कृत भने वाचन गरिएका मात्रै परेका छन् । स्वतन्त्र र बहरबद्ध गजलहरू प्राथमिकतामा रहेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रमुख अतिथि खरेलले यस्तो महोत्सव आयोजना गर्ने गोकर्णेश्वर नगरपालिका साहित्यिक हब् बनेर जाओस् भन्दै शुभकामना दिनु भयो ।

सभापति एवम् मेयर दीपककुमार रिसालले यो ठाउँमा रमेश विकल, भैरव अर्याल जस्ता साधकको लगानी छ । धेरै साहित्य कर्ममा लागेकाका लागि सघाउ पुर्‍याउन यस्तो आयोजना थप उर्जा दिने बताएका थिए । विगतमा पनि यस्तो आयोजना गरिएको र पछि पनि निरन्तरता दिने प्रतिबद्धता प्रकट गरे ।

राजधानीमा शनिबार धेरै कार्यक्रम भए पनि महोत्सवमा बाक्लो उपस्थिति रहेको थियो । गजल महोत्सव महाकुम्भमा परिणत भएको थियो । एक सहभागीले टिप्पणी गर्दै थिए- प्रज्ञाले गर्नु पर्ने काम गोकर्णेश्वर नगरपालिकाले गरेकोमा खुशी लागेको छ ।

बिहान १० बजे शुरुआत भएको कार्यक्रम दिउँसो ४ बजे सकिएको थियो । आयोजकले बिहान चिया नास्ता र २ बजेपछि सबैलाई खानाको व्यवस्थापन गरेको थियो ।

०००
– शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x