साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा

यसरी थकाई नै लाग्नेगरी उसले फर्मायो । भाइ यो गिलास चम्चा पसल हो कि चम्चे पसल, एक पटक बोर्ड हेरेर आउनुस् । बोर्डमा लेखिएको रहेछ- चुनावी चम्चे पसल ।

Nepal Telecom ad

चिन्नुपर्ने सबै चिनियो, छिन्नुपर्ने कुरो छिनियो, किन्नुपर्ने सबै किनियो । छोराको बे गर्नु पर्ने भोजभतेर खानलाई चम्चा चाहिन्छ । म किनेर ल्याउँछु है भन्दै बजारतिर लागेँ । ठूलो पसलमा गएर साहुजी चम्चा दिनु न भनेको- कुन दिउँ भने । खै देखाउनुस् त कस्ता कस्ता छन् ?

ए भाइ उहाँलाई चम्चा देखाइदेउ भनेर एउटा कामदारलाई अह्राए अनि चम्चालाई यसरी चिनाउन थाले ।

चम्चा नं १ – यो जातको चम्चा बजार भरी छ्यासछ्यास्ती छन् । वडादेखि बडासम्म, गाउँदेखि सहर, पाठशाला, पाकशाला, यतादेखि उता, नेतादेखि त्यता, डाँकादेखि नाका, दिउँसो होस् या राती, हाकिमदेखि पिउन, टेबुलदेखि केबुल, रेलदेखि सेल अनि तेलसम्मको दाना मुखमा पुर्‍याउने गर्छ । यो निम्नस्तरको चम्चा हो ।

चम्चा नं २ – यो चम्चा बजारमा त्यति पाइन्न, हेर्दा सोझो सोझो देखिन्छ । यो हरेक कार्यालयको अगाडि बस्छ । यो चम्चाको विशेषता भनेको सुनलाई नुन अनि गुनलाई घुन बनाउनु हो । बाटोदेखि माटो, प्लेनदेखि ट्रेन, साथै डाक्टरदेखि मास्टरसम्मको जिम्मेवारी यसकै हुन्छ । कहिले कहिले अन्तर्राष्ट्रिय सेवा पनि दिन्छ चाइनाबाट इन्डिया, इन्डियाबाट चिण्डिया हेर्छ । यसको अर्को विशेषता भनेको दानालाई नाना हुँदै छानाबाट खानासम्म पुर्‍याउँछ अनि दाना नपचेर छेरौटी लागे पाईखाना हुँदै भाइखानासम्म यसको साथ हुन्छ । यो मध्यमस्तरको चम्चा हो ।

चम्चा नं ३ – यो चम्चा राष्ट्रिय चम्चा हो । मन्त्रीदेखि पिउन, प्रदेशदेखि मधेस साथै विदेशसम्म पनि यसको हात हुन्छ । किल्ला हुँदै जिल्ला, दारीदेखि सारी, खोला हुँदै झोला, पुलदेखि झुल, अनि पालदेखि कपाल, कालसाल यसको जिम्मा हुन्छ । यसको विशेषता भनेको कहिले घाममा पुगेर माम अनि दाम ल्याउनुका साथै रुखमा पुगेर सुख बोकेर आउँछ । ओलीदेखि बोली, गोली अनि झोली यसको अधिकारमा पर्छ । शहरीदेखि प्रहरी, खोरदेखि चोर, मठदेखि हठसम्म यसले कब्जा गर्छ । कहिले नाङ्गो कहिले बाङ्गो बाटो हुँदै यसले दाना सप्लाई गर्छ । यो उचो अनि छुच्चो स्तरको चम्चा हो ।

यसरी थकाई नै लाग्नेगरी उसले फर्मायो । भाइ यो गिलास चम्चा पसल हो कि चम्चे पसल, एक पटक बोर्ड हेरेर आउनुस् ।

बोर्डमा लेखिएको रहेछ- चुनावी चम्चे पसल ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
बाँदर

बाँदर

प्रभास घिमिरे
यसपालिको देउसिरे

यसपालिको देउसिरे

प्रभास घिमिरे
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x