सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चम्चा

यसरी थकाई नै लाग्नेगरी उसले फर्मायो । भाइ यो गिलास चम्चा पसल हो कि चम्चे पसल, एक पटक बोर्ड हेरेर आउनुस् । बोर्डमा लेखिएको रहेछ- चुनावी चम्चे पसल ।

Nepal Telecom ad

चिन्नुपर्ने सबै चिनियो, छिन्नुपर्ने कुरो छिनियो, किन्नुपर्ने सबै किनियो । छोराको बे गर्नु पर्ने भोजभतेर खानलाई चम्चा चाहिन्छ । म किनेर ल्याउँछु है भन्दै बजारतिर लागेँ । ठूलो पसलमा गएर साहुजी चम्चा दिनु न भनेको- कुन दिउँ भने । खै देखाउनुस् त कस्ता कस्ता छन् ?

ए भाइ उहाँलाई चम्चा देखाइदेउ भनेर एउटा कामदारलाई अह्राए अनि चम्चालाई यसरी चिनाउन थाले ।

चम्चा नं १ – यो जातको चम्चा बजार भरी छ्यासछ्यास्ती छन् । वडादेखि बडासम्म, गाउँदेखि सहर, पाठशाला, पाकशाला, यतादेखि उता, नेतादेखि त्यता, डाँकादेखि नाका, दिउँसो होस् या राती, हाकिमदेखि पिउन, टेबुलदेखि केबुल, रेलदेखि सेल अनि तेलसम्मको दाना मुखमा पुर्‍याउने गर्छ । यो निम्नस्तरको चम्चा हो ।

चम्चा नं २ – यो चम्चा बजारमा त्यति पाइन्न, हेर्दा सोझो सोझो देखिन्छ । यो हरेक कार्यालयको अगाडि बस्छ । यो चम्चाको विशेषता भनेको सुनलाई नुन अनि गुनलाई घुन बनाउनु हो । बाटोदेखि माटो, प्लेनदेखि ट्रेन, साथै डाक्टरदेखि मास्टरसम्मको जिम्मेवारी यसकै हुन्छ । कहिले कहिले अन्तर्राष्ट्रिय सेवा पनि दिन्छ चाइनाबाट इन्डिया, इन्डियाबाट चिण्डिया हेर्छ । यसको अर्को विशेषता भनेको दानालाई नाना हुँदै छानाबाट खानासम्म पुर्‍याउँछ अनि दाना नपचेर छेरौटी लागे पाईखाना हुँदै भाइखानासम्म यसको साथ हुन्छ । यो मध्यमस्तरको चम्चा हो ।

चम्चा नं ३ – यो चम्चा राष्ट्रिय चम्चा हो । मन्त्रीदेखि पिउन, प्रदेशदेखि मधेस साथै विदेशसम्म पनि यसको हात हुन्छ । किल्ला हुँदै जिल्ला, दारीदेखि सारी, खोला हुँदै झोला, पुलदेखि झुल, अनि पालदेखि कपाल, कालसाल यसको जिम्मा हुन्छ । यसको विशेषता भनेको कहिले घाममा पुगेर माम अनि दाम ल्याउनुका साथै रुखमा पुगेर सुख बोकेर आउँछ । ओलीदेखि बोली, गोली अनि झोली यसको अधिकारमा पर्छ । शहरीदेखि प्रहरी, खोरदेखि चोर, मठदेखि हठसम्म यसले कब्जा गर्छ । कहिले नाङ्गो कहिले बाङ्गो बाटो हुँदै यसले दाना सप्लाई गर्छ । यो उचो अनि छुच्चो स्तरको चम्चा हो ।

यसरी थकाई नै लाग्नेगरी उसले फर्मायो । भाइ यो गिलास चम्चा पसल हो कि चम्चे पसल, एक पटक बोर्ड हेरेर आउनुस् ।

बोर्डमा लेखिएको रहेछ- चुनावी चम्चे पसल ।

०००
हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
बाँदर

बाँदर

प्रभास घिमिरे
यसपालिको देउसिरे

यसपालिको देउसिरे

प्रभास घिमिरे
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे