साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारथि र चुनाव

जोड्नू घाँटी अधम मनका राक्षसी कर्मसाथ मिल्नू चिल्नू क्षणभर पुनः जोडिनू धर्मसाथ । खानू गिर्नू गरिबजनको धाकधम्की उतार्नू ‘नेता’ बोल्नू समय रहँदै सर्वहारा हुँ भन्नू ।

Nepal Telecom ad

ए नेता हो ! नगर न ढिलो उठ्न लाग्यो स्वदेश
पैले उठ्नू कि त बरु तिमी, विर्सिदेऊ स्वदेश ।
जाबो माटो ! पछितिर परुन् जाउला टेक्न अन्तै
आमाका ती करबल चुसी ढुक्क होऊ बिछट्टै ।।१।।

किन्नू बेच्नू गरिब जनको भोटको मूल्य छिन्नू
जित्नू हार्नू पछि अभरमा मार्नु आशा र टार्नू ।
छर्नू आश्वासन नजरमा यो र त्यो दिन्छु भन्नू
घुम्ने कुर्सी अघिपछि भए फेरि सामू नपर्नू ।।२।।

खाऊ खाऊ खुरुखुरु यहाँ देश खोक्रो बनाऊ
खोक्रोभित्रै अलमल गरी ओत आफ्ना सजाऊ ।
नेता साट्नू घरघर गई माथको मूल्य फेर्नू
आस्था बेच्नू सदन सदनै लाजघुम्को उघार्नू ।।३।।

बाटोघाटो सडक विजुली घोषणापत्र लेख्नू
स्वास्थ्य शिक्षा कर विजनको शुल्क तोक्नू र लुट्नू ।
पैले ढोग्नू जनजनकको आगनीद्वार पोत्नू
‘गर्छौँ सारा जनमत दिनोस्’ भन्नलाई नबार्नू ।।४।।

तिम्रा आफ्ना जतिजति भए कुर्न धेरै नलाऊ
अग्लो बाक्लो तर जति सबै मार्न चाँडो लगाऊ ।
बाजा बज्लान् त्यति समयमा द्रव्य अन्तै थुपार्नू
नेपालीका रगतपसिना ढुक्कले चुस्न थाल्नू ।।५।।

खानी बेच्नू प्रकृति महिमा मातृवात्सल्य बेच्नू
सीमा बेच्नू पिलर जति छन् देहको छेउ बेच्नू ।
भ्रष्टाचारीसँग मिलिजुली राष्ट्रको वित्त खानू
मेचीकाली कणकण गरी गिद्धको भोक मेट्नू ।।६।।

खाली बाँचोस् परतिर कतै देश नेपाल थ्यो रे !
तिम्रा खोक्रा दिलसँग रहोस् किन्तु साम्राज्य थ्यो रे ।
थाम्नू सत्ता पवनसँगको पात अस्तित्व जस्तो
चुस्नू हड्डी समयपथमा श्वानको जात जस्तो ।।७।।

जोड्नू घाँटी अधम मनका राक्षसी कर्मसाथ
मिल्नू चिल्नू क्षणभर पुनः जोडिनू धर्मसाथ ।
खानू गिर्नू गरिबजनको धाकधम्की उतार्नू
‘नेता’ बोल्नू समय रहँदै सर्वहारा हुँ भन्नू ।।८।।

खाना नाना सुलभ कखरा दिन्छु सर्वस्व भन्नू
कौडी आफ्नै, जटिल छ बरै ! साम्यवादी हुँ भन्नू ।
ऐले बाँड्नू जतिजति छ जे द्रव्य वा मासुभात
हारे पश्चात् परिणति गुमोस् धीरताको प्रभात ।।९।।

सोडा हाल्नू प्रति मत बुझी पाउ अर्का समात्नू
तान्नू ठेल्नू प्रति प्रहरमा मिष्ट भाषा उगेल्नू ।
मेरा सारा सब चिज ठुला ह्वेल हात्ती छ भन्नू
आफ्ना अर्का मनमगजका कर्मको व्योम हेर्नू ।।१०।।

हाम्रा गल्ती विगत दिनमा सोह्र आना थिएछन्
सुम्प्यौँ आस्था जनमत भनी सुन्दरी सप्रिएछन् ।
हामी भेँडो जब भइदिँदा स्याल ब्वाँसो उदाए
हर्ताकर्ता घरशहरमा बाघले बास पाए ।।११।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x