साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसपालिको देउसिरे

ढोगौं कि मानौं - देउसी रे । हानौं कि तानौं - देउसी रे । तेल घसेर - देउसी रे । लम्पसार परेर - देउसी रे । बिर्सेर खोट - देउसी रे । दिनुपर्छ भोट - देउसी रे ।

Nepal Telecom ad

भन भन भाइ हो – देउसी रे
राम्ररी भन – देउसी रे
रातो माटो – देउसी रे
भोट् माग्न आको- देउसी रे
हामी त्यसै – देउसी रे
आएका हैनौ – देउसी रे
देउवाले खटाएका – देउसी रे
माधवले पठाएका – देउसी रे
प्रचण्डले अह्राएका – देउसी रे
ओलीले दह्राएका – देउसी रे
स्वतन्त्रले पह्राएका – देउसी रे
लिङ्देनले भराएका – देउसी रे
दक्षिणा हाम्लाई – देउसी रे
चाहिन्नँ आमा – देउसी रे
मङ्सिर ४ मा – देउसी रे
भोट दिनुहोस् बाबा – देउसी रे
दिएमा भोट – देउसी रे
छोरालाई खाडी – देउसी रे
बुहारीलाई साडी – देउसी रे
मै दिउँला नोट – देउसी रे
दिनै पर्छ भोट – देउसी रे
जित भए हाम्रो – देउसी रे
नेपाल हुन्थ्यो राम्रो – देउसी रे
यो बोल्न पाइन्छ – देउसी रे
यो बोल्न पाइन्नँ – देउसी रे
कुहिएको सिनो – देउसी रे
मायाको चिनो – देउसी रे
ढोगौं कि मानौं – देउसी रे
हानौं कि तानौं – देउसी रे
तेल घसेर – देउसी रे
लम्पसार परेर – देउसी रे
बिर्सेर खोट – देउसी रे
दिनुपर्छ भोट – देउसी रे ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
बाँदर

बाँदर

प्रभास घिमिरे
चम्चा

चम्चा

प्रभास घिमिरे
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x